जेनेभा – अन्वेषकहरुले ब्याक्टेरियासँग लड्ने औषधी एन्टिमाइक्रोबियल प्रतिरोध (रेजिस्टेन्स) अर्थात् एन्टिबायोटिक्स मानव जीवनका लागि अत्यन्तै घातक रहेको खुलासा गरेका छन्। एन्टिबायोटिक्स मृत्युको मुख्य कारण रहेको चेतावनी दिँदै स्वास्थ्य विज्ञहरुले सो खुलासा गरेका हुन्।
स्वास्थ्य विज्ञहरुले गरेको नयाँ अध्ययनले सो खुलासा गरेको हो। एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर)को असरबारे संसारका २ सयभन्दा बढी मुलुक र क्षेत्रहरुको अध्ययनमा आधारित सो अध्ययन प्रतिवेदन मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित भएको छ।
नयाँ अध्ययनअनुसार एएमआरको प्रयोगले विश्वभर दैनिक ३ हजार ५ सयभन्दा बढि मानिसको ज्यान लिने गरेको छ। एएमआरका कारण सन् २०१९ मा मात्र १२ लाख ७७ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।
एएमआरका कारण प्रत्यक्ष रुपमा हरेक १ लाख मानिसमध्ये १३ जना र अप्रत्यक्ष रुपमा ५६ मानिसले मृत्यु भइरहेको बताइएको छ। एएमआर सबै उमेर समूहका मानिसका लागि घातक रहेको सो अध्ययनले उल्लेख गरेको छ।
एएमआरको प्रयोगले एचआइभी एड्स तथा मलेरियाका विरामीभन्दा बढीको ज्यान जाने गरेको अध्ययनले उल्लेख गरेको छ। ‘नयाँ तथ्यांकले एएमआरको भयानक असरबारे वास्तविक तथ्य देखाएको छ। त्यसको असरविरुद्ध हामीले तत्काल कदम चाल्न चेतावनी दिएको छ।’
सो अध्ययन रिपोर्टका सहायक लेखक एवम् वासिङटन युनिभर्सिटीस्थित इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन विभागका प्रोफेसर क्रिस मुरेले गार्जियनसँग भनेका छन्, ‘यदि हामी एएमआरविरुद्ध लड्ने हो भने हाल खुलासा गरिएको तथ्यांकको फाइदा उठाउनैपर्छ।’
कोभिड-१९ महामारीको समयमा प्रयोग हुने गरेको एएमआरका कारण झनै ठूलो संख्यामा मानिसको मृत्यु भएको हुन सक्ने अनुमान सो अध्ययनमा संलग्न अन्वेषकहरुले गरेका छन्। त्यसैले एन्टिवायोटिक्स एवम् एएमआरको प्रयोग कम गर्न समेत उनीहरुले सुझाव दिएका छन्।