९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
एमालेकी विना साहको उम्मेदवारी फिर्ता

राष्ट्रिय सभा निर्वाचन: मधेश प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन


जनमञ्च संवाददाता
  • ६ माघ २०७८ , बिहिबार

  • राष्ट्रिय सभा निर्वाचन: मधेश प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन

    जनकपुर, ६ माघ – आगामी माघ १२ मा हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन घोषणा गरेका छन्। यी दुई दलले बिहीबार जनकपुरमा एक कार्यक्रम गरेर मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन घोषणा गरेका हुन्।

    जनकपुरस्थित शुभम् होटलमा यी दुई दलबचीका नेताहरुले पत्रकार सम्मेलन गरे । गठबन्धन घोषणा कार्यक्रममा एमाले सचिव रघुवीर महासेठ र स्थायी समिति सदस्य जुली महतोसहित उपस्थित भएका छन्।  घोषणा कार्यक्रममा लोसपा मधेश प्रदेश संसदीय दलका नेता र प्रदेश कमिटी अध्यक्ष जितेन्द्र सोनल पनि उपस्थित छन्।

    त्यस्तै, लोसपा सचेतक परमेश्‍वर साहसहित दुवै दलका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरु पनि उपस्थित भएका छन्।

    मधेश प्रदेशबाट शशिकला दाहाल र सुमनराज प्याकुरेलको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।

    मधेश प्रदेशमा एमालेबाट विना देवी र पर्साका उसमान अन्सारीले उम्मेदवारी दिएका  थिए।

    त्यस्तै, लोसपाबाट महोत्तरीकी रुपाकुमारी यादवको उम्मेदवारी परेको थियो। यस्तोमा लोसपासँगको गठबन्धनपछि एमालेकी विनादेवीले उम्मेदवारी फिर्ता लिएकी छन्।

    अब एमालेबाट अन्यतर्फ उसमान अन्सारी र लोसपाबाट महिलातर्फ रिता यादवको उम्मेदवारी कायम भएको छ।

    त्यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल, जनता समाजवादीका महमद खालिदको उम्मेदवारी परेको छ।

    यो प्रदेशमा १ सय ४ प्रदेशसभा सदस्य छन्। जसमा जसपा ३९, लोसपा १६, एमाले ८, कांग्रेस १९, एकीकृत समाजवादी १३, माओवादी ८ र नेपाल संघीय समाजवादी पार्टी १ छन्।

    मधेसमा प्रदेश सभा सदस्यको मतभारअनुसार एमालेसँग मात्रै ३ सय ८४ मात्र छ।

    यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जना छन्। जसअनुसार प्रदेश २ मा कुल मतभार ९ हजार ८ सय १६ छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend