१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

दोहोरियो जैमिनी घटना: एकअर्कालाई दोषी देखाएर उम्किने कोशिस !


जनमञ्च संवाददाता
  • ६ माघ २०७८ , बिहिबार

  • दोहोरियो जैमिनी घटना: एकअर्कालाई दोषी देखाएर उम्किने कोशिस !

    बागलुङ, ६ माघ – माघे सक्रान्तिको दिन जिल्लाको जैमिनी राङखानीमा भएको घटनामा राष्ट्रिय जनमोर्चा र नेपाली काँग्रेस दुवै पार्टीले एकले अर्काेलाई दोष देखाएर उम्किने कोशिस गरेका छन् । दुई पार्टीका कार्यकर्ता विच भएको झगडामा एकले अर्काेलाई दोषी देखाउन उनीहरुको विज्ञप्ती लडाई जारी छ ।

    विहिवार राष्ट्रिय जनमोर्चा बागलुङले विज्ञप्ती मार्फत जैमिनीमा भएको घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । माघ १ गते मेला हेरिरहेको बेलामा जनमोर्चाका कार्यकर्ता जैमिनी नगरपालिका–१० राङखानी ओखलेका लक्ष्मण श्रीसमाथि कांग्रेसका कार्यकर्ताले कुटपिट गरी गम्भीर घाईते बनाएको भन्दै घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउन प्रशासन समक्ष माग गरेको छ ।

    ‘हामीले मेला हेर्ने सन्दर्भमा र राती सुतेको बेला गुण्डागर्दी शैलीमा घटाइएको घटनाप्रति खेद प्रकट गर्दै भत्सना गर्दछौं । साथै घटनामा संग्लग्न अपराधी व्यक्तिहरुलाई अविलम्व कानुनी दायरामा ल्याउन र जनतालाई शान्ति सुरक्षा दिलाउन प्रशासन समक्ष माग गर्दछौं ’ जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेलद्वारा विहिवार हस्ताक्षेरित वक्तव्यमा भनिएको छ ।

    घाइते श्रीसले आफुलाई आक्रमण भएको प्रहरीलाई जानाकारी गराउँदा समेत प्रशासनले बेवास्ता गरेको जनमोर्चाको आरोप छ । सोही दिन राती कांग्रेस कार्यकर्ताले राङखानी ओखले गाउँमा पुगेर सुतेका मान्छेलाई थर्काउने, ढुङ्गामुढा गर्ने, घरगोठको खर च्यातेर आगो बाल्ने जस्ता अराजक गतिबिधी गर्दै लक्ष्मण श्रीसको घरमा पुगी सुतिरहेका लक्ष्मणलाई ज्यान मार्ने उद्देश्य सहित गुण्डागर्दी शैलीमा घरबाट बाहिर निकाली उनी, उनको आमा र भाउजुलाई लछारपछार गर्दै कुटपिट गरेको समेत वक्तव्यमा उल्लेख छ ।

    ‘यो गतिविधीले सत्ताको आडमा घटाईएको २०४८ को जैमिनीघाट काण्ड पुनारावृत्ति हुने सम्भावनालाई नकार्न सकिदैन । घटनाको सन्दर्भमा नेपाली काँग्रेस जिल्ला नेतृत्वसंग सम्वाद तथा छलफल गर्दा यो विषयलाई राजनैतिक रंग नदिने कुराको सहमति भए पनि मेलामा घटना घटाउने, गाउँमा आतंक मच्चाउने समुहलाई संरक्षण गर्दै नेपाली काँग्रेस बागलुुङले घटनालाई राजनीतिकरण गरी आफ्नो धारणा सार्वजनिक गरेको वक्तव्यमा उल्लेख छ ।

    यसभन्दा अगाडी नेपाली कांग्रेस बागलुङ र तरुण दल बागलुङले छुट्टाछुट्टै विज्ञप्ती प्रकाशन गरी आफ्नो कार्यकर्तामाथि जनमोर्चाका कार्यकर्ताले कुटपिट गर्दा गम्भीर घाइते भएको वताउदै दोषीलाई कानुनी दायरामा ल्याउन प्रशासनको ध्यानाकर्षण गराएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend