काठमाडौं, ७ माघ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको ६ महिने कार्यकालको बचाउ गरेका छन्। शुक्रबार देशवासीका नाममा सम्बोधनका क्रममा उनले आगामी वर्ष तीनै तहको निर्वाचन सक्ने पनि बताएका छन्।
त्यस्तै देउवाले यही वर्षभित्र मेलम्ची खानेपानी आयोजना पुन:स्थापना गरेर काठमाडौंबासीलाई खानेपानी उपलब्ध गराउने पनि वाचा गरे।
त्यस्तै, उनले आफ्नो सरकारको पालामा देशले विकासको गति लिएको बताउँदै संसदमा देखिएको अवरोध हटाएर अघि बढ्ने पनि प्रतिवद्धता जनाएका छन्।