काठमाडौं, ७ माघ – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । शनिबार बिहान साढे ९ बजेका लागि बोलाइएको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।