९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एकैदिन १६ संक्रमितको मृत्यु, १० हजार बढी थपिए


जनमञ्च संवाददाता
  • ८ माघ २०७८ , शनिबार

  • एकैदिन १६ संक्रमितको मृत्यु, १० हजार बढी थपिए

    काठमाडौं, ८ माघ – पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २५४ संक्रमित थपिएका छन्। २० हजार १८७ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ।

    पिसिआर विधिबाट १४ हजार ४६२ जनाको परीक्षण गरिएकोमा आठ हजार २१२ तथा एन्टिजेन विधिबाट पाँच हजार ७२५ जनाको परीक्षण गरिएकोमा दुई हजार ४२ संक्रमित थपिएका हुन्।

    यस अवधिमा १६ संक्रमितको मृत्यु भएको छ भने ७०८ जना संक्रमणमुक्त भएका छन्। शनिबार एक लाख ९६ हजार ८५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ।

    नेपालमा सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend