२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

बेलायतले कोभिड १९ विरुद्धको प्रतिबन्ध हटायो


जनमञ्च संवाददाता
  • ८ माघ २०७८ , शनिबार

  • बेलायतले कोभिड १९ विरुद्धको प्रतिबन्ध हटायो

    लण्डन, ८ माघ – बेलायत सरकारले कोभिड-१९ विरुद्ध लगाएको प्रतिबन्ध हटाएको छ । सरकारले बिहीबारदेखि लागु हुनेगरी कोभिड-१९ प्रतिबन्ध हटाएको हो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सो जानकारी दिएका हुन् ।

    कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनले देशभर चरम अवस्था पार गरिसकेका कारण सरकारले सो प्रतिबन्ध हटाउने निर्णय गरेको प्रधानमन्त्रीले बताएका छन् ।

    सो निर्णयसँगै वर्क फ्रम होम र विद्यार्थीले कक्षा कोठामा अनिवार्य मास्क लगाउनुपर्ने लगायत नियम हटेको स्काइ न्युजमा खबर छ । आगामी बिहीबारदेखि लागु हुनेगरी सार्वजनिक स्थानमा मास्क लगाउनुपर्ने र साना ठूला सार्वजनिक कार्यक्रममाथि लागेको प्रतिबन्धसमेत हट्ने बताइएको छ ।

    बेलायत सरकारले गएको डिसेम्बरदेखि कोभिड १९ विरुद्ध नयाँ प्रतिबन्ध लागु गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend