९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
राष्ट्रिय सभा निर्वाचन

मधेश प्रदेशमा एमाले-लोसपा मिल्दा पनि सत्ता गठबन्धन बलियो


जनमञ्च संवाददाता
  • ९ माघ २०७८ , आइतबार

  • मधेश प्रदेशमा एमाले-लोसपा मिल्दा पनि सत्ता गठबन्धन बलियो

    जनकपुरधाम, ९ माघ – मधेश प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको गठबन्धन सत्तारूढ गठबन्धन भन्दा कमजोर देखिएको छ । छुट्टाछुट्टै उमेदवारी दर्ता गराएका लोसपा र एमालेले माघ ६ गते गठबन्धन गरेका थिए । गठबन्धन गरेपनि सत्तारूढ दलका उमेदवार बलियो देखिएका छन् ।

    मधेशमा आसन्न राष्ट्रिय सभा निर्वाचनमा २६८ पालिका प्रमुख/उपप्रमुख र १०४ प्रदेशसभा सदस्य मतदान गर्नेछन् । पालिका प्रमुख र उपप्रमुखको मतभार चार हजार ८२४ रहेको प्रदेश निर्वाचन कार्यालयकी पुष्पा यादवले जानकारी दिइन् । उनकाअनुसार सांसदको मतभार चार हजार ९२ गरी कुल मतभार ९ हजार ८१६ छ । जसमध्ये मधेश प्रदेशमा एमालेको पालिका प्रमुख र उपप्रमुख २९ तथा प्रदेश सांसद आठ जना छन् ।

    एमालेसँग पालिका प्रमुख र उपप्रमुखको मतभार ५२२ तथा प्रदेश सांसदको मतभार ३८४ रहेको छ । त्यस्तै लोसपाका पालिका प्रमुख र उपप्रमुख ४२ र प्रदेश सांसद १६ जना छन् । लोसपासँग पालिका प्रमुख र उपप्रमुखको ७५६ र सांसदको ७६८ मतभार रहेको छ । दुवै दलको कुल मतभार जोड्दा २,४३० मात्रै हुन्छ ।

    यता सत्तारूढ गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादी)सँग पालिका प्रमुख र उपप्रमुख १९५ र प्रदेश सांसद ७९ जना छन् । सत्ता गठबन्धनसँग पालिका प्रमुख र उपप्रमुखको मतभार ३,५१० छ । साथै प्रदेश सांसदको ३,७९२ मतभार जोड्दा सत्ता गठबन्धनसँग कुल मतभार ७,३०३ हुन्छ ।

    सत्तारूढ गठबन्धनबाट माओवादी निकट उर्मिला अर्याल र जनता समाजवादीनिकट खालिद सिद्दिकी उमेदवार छन् । सुरुमा एमालेबाट विना देवी र पर्साका उसमान अन्सारीले उमेदवारी दिएका थिएँ । तर, लोसपासँग गठबन्धन गरेपछि एमालेले विनादेवीको उमेदवारी फिर्ता गर्न लगाएका छन् ।

    अहिले लोसपाबाट रूपाकुमारी यादव र एमालेका उसमान अन्सारी प्रतिपक्षी दलको संयुक्त उमेदवार हुन् । दुवै पार्टीले एक आर्का उमेदवारलाई मतदान गर्ने सहमति भएको छ । लोसपाबाट श्याम सुन्दर सरदारको उमेदवारी कानुनअनुसार नमिलेपछि निर्वाचन कार्यालयले रद्द गरेको थियो ।

    तयारी पूरा
    माघ १२ गते हुने निर्वाचनको तयारी पूरा भएको छ । मतपत्रसमेत जनकपुर आइसकेको बताइएको छ । चार किसिमको मतपत्र केन्द्रीय निर्वाचन कार्यालयले पठाएको छ । बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म जनकपुरस्थित महेन्द्र नारायण निधि भवनमा मतदान हुनेछन् ।

    निर्वाचन कार्यालयले स्वास्थ्य सुरक्षासम्बन्धी १९ बुँदे मापदण्ड तोकेका छन् । संक्रमित मतदाताका लागि बेग्लै मतदान स्थल बनाइएको छ भने मतदान केन्द्रमा स्वास्थ्यकर्मीको टोलीसमेत खटाइने छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend