९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

२०७९ असोजपछि स्थानीय चुनाव गर्ने गठबन्धनमा सहमति छ: डा. बाबुराम भट्टराई


जनमञ्च संवाददाता
  • ९ माघ २०७८ , आइतबार

  • २०७९ असोजपछि स्थानीय चुनाव गर्ने गठबन्धनमा सहमति छ: डा. बाबुराम भट्टराई

    काठमाडौं, ९ माघ – जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थानीय तहको अवधि सकिनासाथ निर्वाचन हुने बताएका छन्।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पाँच दलका नेता र कानुनविदहरुको छलफलपछि उनले सामाजिक सञ्जालमा यस्तो भनेका हुन्।

    उनले संविधानसँग केही कुरा बाझिएकाले तिनको संशोधन गरेर स्थानीय तहका तीन चरणको चुनावबाट गठित पालिकहरुको कार्यकाल पूरा हुनासाथ निर्वाचनमा जाने बताए।

    भट्टराईको भनाइ अनुसार सबै स्थानीय तहका जनप्रतिनिधिको समयावधि आगामी २०७९ असोजमा सकिएपछि नयाँ निर्वाचन हुनेछ।

    अहिले स्थानीय तहको अन्तिम कार्यकाललाई लिएर विवाद चलिरहेको छ। २०७४ सालमा वैशाख ३१ गते, जेठ ३१ गते र असो २ गते स्थानीय तह निर्वाचन भएको थियो।

    ‘संविधानसँग बाझिएका कानूनमा सुधार गरेर  स्थानीय तहका तीन चरणको चुनावबाट गठित पालिकाहरूको कार्यकाल पूरा हुनासाथ संविधान बमोजिम नयाँ चुनाव गराउने गठबन्धनमा सर्वसम्मत सहमति भएको छ’, उनले भनेका छन्, ‘आफ्नो आङको भैँसी नदेख्नेहरूले अरूको आङको जुम्रा देखाएर जनतामा भ्रम नछरून्।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend