८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कास्की प्रशासनका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा वन्द


जनमञ्च संवाददाता
  • १० माघ २०७८ , सोमबार

  • कास्की प्रशासनका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा वन्द

    पोखरा, १० माघ – कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।

    कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयका केही कर्मचारी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको र थप कर्मचारीमा समेत लक्षण देखिएकोले शान्तिसुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन तथा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा माघ ११ देखि स्थगन गरिएको जानकारी दिएको हो ।

    यसअघि प्रशासनले कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै राहदानी, राष्ट्रिय परिचयपत्र दर्ता फाँटको सेवा बन्द गरेको थियो । कास्कीमा सोमबारसम्म २ हजार ९३९ सक्रिय संक्रमित छन् ।

    पछिल्लो २४ घन्टामा मात्रै ४ सय ५६ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend