८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

अन्तरिक्षमा उत्कृष्ट खानपिनको आइडिया पेश गर्नेलाई १० लाख डलर पुरस्कार


जनमञ्च संवाददाता
  • १० माघ २०७८ , सोमबार

  • अन्तरिक्षमा उत्कृष्ट खानपिनको आइडिया पेश गर्नेलाई १० लाख डलर पुरस्कार

    अन्तरिक्षमा रहेका अन्तरिक्ष यात्रीको खानपान कसरी गराउने ? यस विषयमा उत्कृष्ट आइडिया दिने व्यक्तिलाई अमेरिकी अन्तरिक्ष संस्था नासाले १० लाख डलर पुरस्कारको घोषणा गरेको छ । अन्तरिक्ष यात्रीको खानपानका लागि नवीन तथा दिगो खाद्य उत्पादनको उत्कृष्ट अवधारणा पेश गर्ने व्यक्तिलाई नासाले पुरस्कार प्रदान गर्नेछ ।

    काठमाडौं, १० माघ – अन्तरिक्षमा रहेका अन्तरिक्ष यात्रीको खानपान कसरी गराउने ? यस विषयमा उत्कृष्ट आइडिया दिने व्यक्तिलाई अमेरिकी अन्तरिक्ष संस्था नासाले १० लाख डलर पुरस्कारको घोषणा गरेको छ ।

    अन्तरिक्ष यात्रीको खानपानका लागि नवीन तथा दिगो खाद्य उत्पादनको उत्कृष्ट अवधारणा पेश गर्ने व्यक्तिलाई नासाले पुरस्कार प्रदान गर्नेछ ।

    भविष्यमा अझै लामो भन्दा लामो समयका लागि अन्तरिक्ष तथा अन्य ग्रहहरुमा समेत पठाउने अन्तरिक्ष यात्रीका लागि पोषिलो, स्वादिलो तथा सन्तुष्ट बनाउने खालको र पर्याप्त उर्जा प्रदान गर्ने खानेकुरा र खाद्य प्रविधिको खोजीमा नासा लागेको छ ।

    यसका लागि नासाले क्यानेडियन स्पेस एजेन्सीसँगको सहकार्यमा डीप स्पेस फूड च्यालेन्जको घोषणा गरेको छ । यसका लागि नासाले पौष्टिक खानेकुराको उत्पादन तथा खाद्य प्रविधिको नमूना डिजाइन, स्थापना तथा प्रदर्शनका लागि आह्वान गरेको छ ।

    नासाको अन्तरिक्ष प्रविधि मिसन निर्देशनालयका सहायक व्यवस्थापक जिम रोयटर भन्छन्, ‘अन्तरिक्ष यात्राको सीमाभित्र अन्तरिक्ष यात्रीहरुलाई लामो अवधिका लागि खानपान गराउनका लागि नवीन तथा मौलिक समाधानको आवश्यकता पर्दछ।’

    विज्ञहरुका अनुसार समयक्रमसँगै खानेकुराहरुमा पौष्टिक मूल्य घट्दै गएको छ । त्यसैलै भविष्यमा मंगल ग्रहमा जाने बहुवर्षीय मिसनका लागि प्याकिङ गरिएका अहिलेका खानेकुराहरुले अन्तरिक्ष यात्रीहरुको पौष्टिक तत्वको आवश्यकता पूर्ति गर्न समर्थ हुने छैनन् ।

    नासाले हाल घोषणा गरेको पुरस्कार दोश्रो चरणको हो । यसअघि सन् २०२१ को अक्टोबर मा पहिलो चरणमा नासाले विभिन्न १८ वटा टिमलाई ४ लाख ५० हजार डलर पुरस्कार प्रदान गरेको थियो । ती टीमहरुले पनि सुरक्षित, स्वीकारयोग्य, स्वादिलो तथा पोषिलो खाद्य उत्पादनको मौलिक खाद्य पदार्थ प्रविधि सम्बन्धी अवधारणा पेश गरेका थिए ।

    पहिलेका यी टोली सहित अन्य नयाँ टोली समेत दोश्रो चरणको प्रतिस्पर्धामा सहभागी हुन सक्ने र विजेताले १० लाख डलर पाउने नासाले जनाएको छ ।

    नयाँ अवधारणा अन्तर्गत खानेकुराको उत्पादन, प्रोसेसिङ, ढुवानी, उपयोग तथा फोहोर व्यवस्थापनका साथै खानेकुरा भण्डारण, तयारी तथा अन्तरिक्ष यात्रीलाई पस्किनेसम्मका विषयमा दिगो र नवीन अवधारणा पेश गर्नुपर्नेछ ।
    एजेन्सीको सहयोगमा

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend