९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

अखिलले गर्यो टर्च बालेर सरकारको विरोध


जनमञ्च संवाददाता
  • १० माघ २०७८ , सोमबार

  • अखिलले गर्यो टर्च बालेर सरकारको विरोध

    काठमाडौं, १० माघ – नेकपा एमालेकाे भ्रातृ संगठन अनेरास्ववियु काभ्रेले टर्च बालेर सरकारको विरोध गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको, स्थानीय निर्वाचन समयमै गर्नुपर्ने भन्दै आइतबार साँझ सरकारको विरोध गरेको हो ।

    बनेपाको चारदोबाटोदेखि तीन दोबाटोसम्म टर्च बालेर नाराजुलुससहित सरकारको विरोध गरेकाे हाे । विरोध गर्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन पनि गरेका थिए ।

    सरकारले पेट्रोलियम पदार्थमा चर्काे मूल्यवृद्धि गरेकाले सरकार कहाँ छ भनेर खोज्नलाई टर्च बालेर विरोध जनाएको अनेरास्ववियु काभ्रेका अध्यक्ष अशोक खनालले बताए ।

    ‘वर्तमान सरकारले पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि गरेकाले मूल्यवृद्धि फिर्ता गर्न विरोधस्वरूप हामीले सांकेतिक रूपमा टर्च बालेर र पुत्ला दहन गरेर विरोध गरेका हौँ,’ अध्यक्ष खनालले भने ।

    सरकारले स्थानीय तहको निर्वाचन समयमा नगर्ने देखिएकाले स्थानीय तहको निर्वाचन समयमै गर्नका लागि दबाबस्वरूप पनि र्‍याली गरेको खनालको भनाइ छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend