९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
उपचार गरेर स्वदेश फर्किए वर्षमान पुन

चीनबाट फर्केलगतै वर्षमानले भने, ‘महासचिवमा मेरो दावी स्वाभाविक’


जनमञ्च संवाददाता
  • १० माघ २०७८ , सोमबार

  • चीनबाट फर्केलगतै वर्षमानले भने, ‘महासचिवमा मेरो दावी स्वाभाविक’

    काठमाडौं, १० माघ –  नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गरेर स्वदेश फर्किएका छन् । केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले स्वागत गरेका छन् ।

    माओवादी नेता पुनले पार्टीको महासचिवमा आफ्नो दाबी रहेको बताए । यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए । तथापि सहमतिमै नेतृत्व छानिने उनले आशा व्यक्त गरे ।

    जन्डिसको समस्या आएपछि गत असोजमा बैंकक र त्यसपछि चीनमा उपचार गरेर पुन सोमबार काठमाडौँ फर्किएका हुन् ।

    स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्वमन्त्री पुनले आफू उपचारका क्रमका रहेका कारण महाधिवेशनमा भाग लिन नपाएको बताउँदै महाधिवेशनबाट पारित नीति र कार्यक्रमप्रति आफ्नो समर्थन रहेको प्रतिबद्धतासमेत जनाए ।

    केन्द्रीय कमिटी र पार्टी अध्यक्षसमेत सहमतिमै छानिएकाले अब पदाधिकारीहरु पनि सहमतिमै छानिनुपर्ने उनले बताए । जनवादी ढङ्गबाट प्रतिस्पर्धा भएमा आफूले महासचिवमा प्रतिस्पर्धा गर्ने उनले बताए । तर, सकेसम्म सहमतिबाटै महासचिव छानिने उनले बताए ।

    फ्नो उपचारमा पार्टीले सहयोग गरेको भन्दै उनले धन्यवाद दिए । बैंककबाट चीनमा उपचार गर्न लगेको आफूले चीनकै अस्पतालमा पुगेपछि बल्ल थाहा पाएको बताउँदै उनले पुनर्जीवन पाएको बताए । पछिल्लो राजनीतिक घटनाबारे आफू अपडेट हुन बाँकी रहेको बताउँदै माओवादी नेता पुनले गठबन्धन सरकार संविधानको रक्षाका लागि स्थापित भएको बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend