८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

गुल्मी प्रशासनको सेवा पनि आजदेखि ठप्प


जनमञ्च संवाददाता
  • ११ माघ २०७८ , मंगलबार

  • गुल्मी प्रशासनको सेवा पनि आजदेखि ठप्प

    गुल्मी, ११ माघ – कर्मचारीहरु कोरोना संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका सवै सेवा ठप्प पार्ने भएको छ।

    मंगलवारदेखि लागू हुनेगरी अर्को सूचना जारी नहुँदासम्म सेवा बन्द गरिएको प्रशासनले विज्ञप्ती मार्फत जानकारी गराएको छ। अत्यावश्यक सेवा अन्तर्गत शान्ति सुरक्षा र विपत् व्यवस्थापनको सेवा मात्र प्रवाह हुने विज्ञप्तीमा उल्लेख गरिएको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी सहित, नागरिकता, राष्ट्रिय परिचयपत्र र सहायता कक्षमा कार्यरत कर्मचारीहरु संक्रमित भएको प्रशासनले जनाएको छ।

    जरुरी सेवा लिन आउने सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षाका मापदण्डसहित खोप कार्ड लिएर आउनसमेत कार्यालयले आग्रह गरेको छ। हाल जिल्लामा २ सय ८८ जना संक्रिय संक्रमित छन्।

     

     

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend