२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026
कालापानी र लिपुलेकको जनसंख्या जनगणनामा समावेश

नेपालको जनसंख्या २ करोड ९१ लाख, घट्यो वृद्धिदर


जनमञ्च संवाददाता
  • १२ माघ २०७८ , बुधबार

  • नेपालको जनसंख्या २ करोड ९१ लाख, घट्यो वृद्धिदर

    काठमाडौं, १२ माघ – नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

    सार्वजनिक विवरणानुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

    जनसंख्याको वार्षिक वृद्धिदर ०.९३ रहेको विभागले जनाएको छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।

    जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

    कालापानी र लिपुलेकको जनसंख्या जनगणनामा समावेश

    यसैविच, केन्द्रीय तथ्यांक विभागले कालापानी र लिपुलेकको जनसंख्या विवरण राष्ट्रिय जनगणना-२०७८ मा समावेश गरेको छ । भौतिक रूपमा उपस्थित भएर त्यहाँ जनगाणना गर्न नसकिएको तर  अप्रत्यक्ष रूपमा विवरण संकलन गरिएको विभागले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend