८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
राष्ट्रिय सभा निर्वाचन

कर्णालीबाट गठबन्धनका तीनजनै उम्मेदवार विजयी


जनमञ्च संवाददाता
  • १२ माघ २०७८ , बुधबार

  • कर्णालीबाट गठबन्धनका तीनजनै उम्मेदवार विजयी

    सुर्खेत, १२ माघ – कर्णालीबाट राष्ट्रिय सभामा गठबन्धनका तीनजनै उम्मेदवार विजयी भएका छन् । उनीहरुले एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् ।
    बुधबार सम्पन्न निर्वाचनमा अन्यतर्फ उदय बोहोरा (एकीकृत समाजवादी), अपांग/आदिवासीतर्फ नरबहादुर विष्ट (माओवादी केन्द) र महिलातर्फ दुर्गाकुमारी गुरुङ (कांग्रेस) निर्वाचित भएका हुन् ।

    निर्वाचन परिणामअनुसार अन्यतर्फ बोहोराले ३ हजार ६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी चुडामणि शर्माले १ हजार ४ सय १६ मत ल्याएका छन् ।

    अपांग/आदिवासीतर्फ विष्टले ३ हजार ६ र उनका निकटम प्रतिद्वन्द्वी पदमबहादुर माझीले १ हजार ३ सय ९८ मत ल्याएका छन् ।

    महिलातर्फ गुरुङले २ हजार ९ सय ७० मत ल्याउँदा उनकी निकटम प्रतिद्वन्द्वी गंगा महतले १ हजार ४ सय १६ मत ल्याइन् । गुरुङ सहिदपत्नी हुन् । उनका श्रीमान् यज्ञबहादुर गुरुङलाई तत्कालीन माओवादी विद्रोहीले २०५८ सालमा हत्या गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend