२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026
यस्तो हुनेछ तीन दिनको मौसम

गण्डकी, प्रदेश १ र बाग्मती प्रदेशमा वर्षा र हिमपात


जनमञ्च संवाददाता
  • १३ माघ २०७८ , बिहिबार

  • गण्डकी, प्रदेश १ र बाग्मती प्रदेशमा वर्षा र हिमपात
    x'Dnfdf lxdkft l;dsf]6, !) k'; M lxdfnL lhNnf x'Dnfdf zlgaf/ laxfgb]lv lxdkft . lxdkftaf6 lhNnfdf cTolws lr;f] sf/0f ;j{;fw/0fnfO{ si6 ePsf] 5 . t:jL/ M bfg] af]x/f÷/f;;

    काठमाडौं, १३ माघ – देशको पहाडी भू-भागमा आंशिक बदली र तराईका भुभागमा हुस्सु कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाबाट जारी मौसम बुलेटिनमा बिहीबार दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने उल्लेख छ।

    प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

    महाशाखाका अनुसार राती प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ।

    शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

    शनिबार प्रदेश नं १ बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend