८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
उपत्यकाको कुल जनसंख्या २९ लाख ९६ हजार नाघ्यो

काठमाडौं उपत्यकामा महिलाभन्दा पुरूषको संख्या बढी


जनमञ्च संवाददाता
  • १३ माघ २०७८ , बिहिबार

  • काठमाडौं उपत्यकामा महिलाभन्दा पुरूषको संख्या बढी

    काठमाडौं, १३ माघ – मुलुकभर महिलाको संख्या बढी भए पनि काठमाडौं उपत्यकामा भने महिलाको संख्या कमि छ। उपत्यकामा पुरूषको संख्या १५ लाख १९ हजार २०६ हुँदा महिलाको संख्या १४ लाख ७७ हजार १३५ रहेको छ। काठमाडौं उपत्यकामा पुरूषभन्दा महिला ४२ हजार ७१ ले कम छन्।

    राष्ट्रिय जनगणना २०७८ को प्रारम्भीक नतिजा अनुसार काठमाडौं उपत्यकाको जनसंख्या पछिल्लो १० वर्षमा ४ लाख ७९ हजार ३१८ ले बढेको छ।  यो सँगै उपत्यकाको कुल जनसंख्या २९ लाख ९६ हजार ३४१ पुगेको छ।

    काठमाडौंमा पछिल्लो १० वर्षमा सबैभन्दा बढी २ लाख ७३ हजार २९२ जना थपिएका छन्। अर्थात काठमाडौंमा वार्षिक १.४० प्रतिशत रहेको छ। काठमाडौंमा हाल २० लाख १७ हजार ५३२ जनसंख्या रहेको छ। जसमध्ये पुरूषको संख्या १० लाख २५ हजार ७ सय २७ र महिलाको संख्या ९ लाख ९१ हजार ८०५ छ। २०६८ को जनगणना अनुसार काठमाडौंको जनसंख्या १७ लाख ४४ हजार २४० थियो।

    यस्तै मुलुकभरमै सबैभन्दा बढी जनसंख्या वृद्धिदर रहेको भक्तपुरमा पछिल्लो १० वर्षमा १ लाख २५ हजार ७५७ जना अर्थात वार्षिक ३.३२ प्रतिशत जनसंख्या वृद्धि भएको छ।

    भक्तपुरमा हाल ४ लाख ३० हजार ४ सय ८ जनसंख्या रहेको छ। जसमध्ये पुरूषको संख्या २ लाख १७ हजार ९४२ छ भने महिलाको संखया २ लाख १२ हजार ४६६ छ। १० वर्ष अगाडि यहाँ ३ लाख ४ हजार ६ सय ५१ जनसंख्या थियो।

    यस्तै ललितपुरमा हाल ५ लाख ४८ हजार ४०१ जनसंख्या रहेको छ। जसमध्ये पुरूषको संखया २ लाख ७५ हजार ५३७ र महिलाको संख्या २ लाख ७२ हजार ८६४ छ। पछिल्लो १० वर्षमा यहाँ ८० हजार २ सय ६९ जना थपिएका छन्। अर्थात ललितपुरको वार्षिक जनसंख्या वृद्धिदर १.५२ प्रतिशत रहेको छ। २०६८ को जनगणना अनुसार ललितपुरको जनसंख्या ४ लाख ६८ हजार १३२ जना थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend