९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


जनमञ्च संवाददाता
  • १३ माघ २०७८ , बिहिबार

  • शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं, १३ माघ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

    आज अपरान्ह ३ बजेदेखि ४ बजेसम्म राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

    ‘एक घन्टा कुराकानी भएको हो, यो नियमित भेटघाट हो,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो।

    स्थानीय चुनाव कहिले गर्ने भन्नेमा सत्तारूढ गठबन्धनमा छलफल भइरहेको छ। स्थानीय तह निर्वाचन ऐन संविधानसँग बाझिएकोले संशोधन गर्नुपर्ने निष्कर्षमा सत्तागठबन्धन पुगेका छन्।

    आज प्रधानमन्त्री र राष्ट्रपतिबीच के-के विषयमा कुराकानी भएको भन्नेबारे प्रधानमन्त्रीको सचिवालयले खुलाएको छैन। भेटवार्तालाई नियमित भनिएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend