काठमाडौं, १४ माघ – काठमाडौं उपत्यकामा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटेको छ। शुक्रबार साँझ तीनवटै जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गरी सार्वजनिक सवारीमा जोरबिजोर हटाएका हुन्।
यसअघि शुक्रबार नै बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले आगामी माघ मसान्तसम्म विद्यालय बन्दलाई निरन्तरता दिन तथा भिडभाड हुने सिनेमा हल, पार्टी प्यालेससहितका क्षेत्रलाई पनि माघ मसान्तसम्म बन्द नै राख्न पनि सिफारिस गरेको थियो।




