२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

स्थानीय निर्वाचन समयमै गरेर संघीयतालाई सुदृढ बनाऔं : अर्थमन्त्री शर्मा


जनमञ्च संवाददाता
  • १५ माघ २०७८ , शनिबार

  • स्थानीय निर्वाचन समयमै गरेर संघीयतालाई सुदृढ बनाऔं : अर्थमन्त्री शर्मा

    काठमाडौं, १५ माघ : अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले स्थानीय निर्वाचन समयमै गर्नुपर्ने धारणा राखेका छन्। गठबन्धनले स्थानीय निर्वाचनलाई आयोगले सिफारिस गरेको मितिभन्दा पर धकेल्ने प्रयास गरिरहेको समयमा उनले यस्तो बताएका हुन्। मन्त्री शर्माले फेसबुकमार्फत स्थानीय तहको निर्वाचन समयमै गरेर लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउनुपर्ने स्पष्ट पारेका हुन्।

    कांग्रेसका शेखर कोइराला समूह पनि निर्वाचनकै पक्षमा रहेको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरु भने निर्वाचन सार्ने अभिव्यक्ति दिइरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि स्थानीय तहको निर्वाचन सार्नुपर्ने धारणा राखिरहेका बेला शर्माले आयोगले तोकेकै समयमा निर्वाचन गर्नुपर्ने आशय व्यक्त गरेका हुन्।
    ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ। तर संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन्।

    नेकपा एमालेले गठबन्धन सरकारले स्थानीय तहको निर्वाचनलाई पर धकेलेर मुलुकमा राजनीतिक अन्यौलता सिर्जन गर्न खोजेको आरोप लगाइरहेको छ। स्थानीय तहलाई रिक्त राख्नु भनेको जनतालाई सेवा-सुविधाबाट बञ्चित गर्नु र जनताको अधिकार कुण्ठित पार्नु भएको एमालेको ठहर छ। आयोगको ताकेता र संविधान एवं कानुनको स्पष्ट व्यवस्थालाई बेवास्ता गर्दै गठबन्धनका कतिपय नेताले निर्वाचन पर धकेल्ने प्रपञ्च गरिरहेको एमालेको आरोप छ।

    आयोगले २०७९ वैशाख १४ गते एकै चरणमा निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरेको छ। दुई चरणमा गर्ने भए वैशाख १४  र वैशाख २२ को मिति उसले प्रस्ताव गरेको छ। यसअघि २०७४ वैशाख ३१ गते पहिलो, असार १४ मा दोस्रो र असोज २ गते तेस्रो चरणमा निर्वाचन भएको थियो। स्थानीय तह निर्वाचन ऐनको व्यवस्थाबमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै निर्वाचन गर्न पटक-पटक आग्रह गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल बताउँछन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend