९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

स्थानीय चुनाव मुख्य एजेन्डामा सत्ता गठबन्धनको बैठक बस्दै


जनमञ्च संवाददाता
  • १५ माघ २०७८ , शनिबार

  • स्थानीय चुनाव मुख्य एजेन्डामा सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं, १५ माघ – सत्ता गठबन्धनका दलहरुको बैठक आज बस्ने भएको छ । बिहान ९ बजेका लागि बैठक बोलाइएको छ ।

    प्रधनमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा मुख्य एजेन्डा स्थानीय तह निर्वाचन नै हुने बताइएको छ । स्थानीय तह निर्वाचन ऐन संशोधन नभएपछि निर्वाचन आयोगले ऐनको दायराभित्र चुनाव गराउन मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ ।

    स्थानीय तह निर्वाचन ऐनले निर्वाचनको दुई महिना अगावै निर्वाचनगरी कार्यभार सम्हालेकै दिन पद हस्तान्तरण गर्ने व्यवस्था गरेको छ ।

    तर, संविधानको धारा २५ ले स्थानीय तहको निर्वाचित कार्यसमितिको कार्यकाल पाँच वर्ष तोक्दै थप छ महिनाभित्र निर्वाचन गरिसक्नु पर्ने व्यवस्था गरेपछि अहिले संविधान र कानुन कुन मान्ने भन्ने बहस चलिरहेको छ । सत्ता गठबन्धनले संविधानसँग ऐन बाझिए बदर हुने संविधानको धारा १ मा टेकेर ऐन संशोधन गर्ने निर्णय गरिसकेको छ ।

    ‘संविधानविद’को सुझावमा लिएको त्यो निर्णय सरकारले कार्यान्वयका लागि संशोधन प्रस्ताव संसदमा पठाइसकेको छैन । उक्त निणर्य नहुँदा निर्वाचन आयोगले सरकारलाई कानुन अनुसार वैशाख मसान्तभित्र चुनाव गराउन दबाब बढाइरहेको छ ।

    शुक्रबार सत्तारुढ गठबन्धनका दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

    भेटमा प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचनका विषयमा निर्णय गर्नुपर्ने भन्दै यसमा ढिलो गर्नु उचित नहुने बताएका थिए । त्यसपछि गठबन्धनका नेताहरुले चाँडै बैठक बसेर निर्णय लिन सहमति दिएका हुन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend