काठमाडौं, १५ माघ – स्थानीय तहको चुनाव कहिले गर्ने भन्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक वालुवाटारमा जारी छ। बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री सरकारी निवास (बालुवाटार) मा सुरु भएकाे हाे। बैठकमा जनमोर्चाका प्रतिनिधि भने सहभागी छैनन्।
एक नेताका अनुसार बैठकको मुख्य एजेन्डा स्थानीय तह निर्वाचन कहिले गर्ने भन्ने हो। यसअघि पाँच दलीय गठबन्धनले वैशाख वा असारलाई आधार मानेर त्यसको ६ महिनाभित्र चुनाव गर्ने लगभग सहमति जनाइसकेका छन्। त्यही सहमतिअनुसार शनिबार बस्ने गठबन्धनको बैठकले निर्वाचनबारे निर्णय गर्ने सम्भावना छ।