९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एक हप्तामै ४ प्रतिशतले घट्यो कोरोना संक्रमण दर


जनमञ्च संवाददाता
  • १६ माघ २०७८ , आइतबार

  • एक हप्तामै ४ प्रतिशतले घट्यो कोरोना संक्रमण दर

    काठमाडौं, १६ माघ – नेपालमा कोरोनाभाइरस संक्रमणदर एक सातामै करिब ४ प्रतिशतले ओरालो लागेको छ। कोरोनाको तेस्रो लहर सुरु भएको छोटो समयमै संक्रमणदर घट्न थालेको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अघिल्लो हप्ता १ लाख १६ हजार ६१३ पीसीआरमा परीक्षण भएको थियो।

    जसमध्ये ५५ हजार ५ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो। तर यो साता १ लाख १ हजार ३ सय ११ पीसीआर परीक्षण हुँदा  ४२ हजार ५९६ जनामा मात्रै संक्रमण देखिएको हो।

    यो हप्ता संक्रमण दर घटेर ४२ प्रतिशतमा झरेको छ। मन्त्रालयका अनुसार अघिल्लो हप्ताको तुलनामा संक्रमण दरमा ४ प्रतिशतले कमी आएको हो।

    तर एन्टिजेन परीक्षणबाट भने संक्रमण दर केही बढी देखाएको छ। अघिल्लो हप्ता गरिएको ३२ हजार ९९६ एन्टिजेन परीक्षणमा ११ हजार ८ सयमा संक्रमण पुष्टि भएको  थियो।

    यो हप्ता ३९ हजार ८३४ एन्टिजेन परीक्षण गर्दा  १४ हजार ३५५ जनामा संक्रमण पुष्टि भएको हो।

    एन्टिजेनतर्फ संक्रमणदर बढेर ३६.१ प्रतिशत पुगेको छ। अघिल्लो हप्ताको तुलनामा संक्रमण दर २.७ ले बढेको हो। तर दुवैतर्फ औसतमा ४ प्रतिशतले संक्रमण दर घट्न पुगेको हो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend