८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मिस तामाङको उपाधि पोखरा रानीपौवाकी मान्सीलाई


जनमञ्च संवाददाता
  • १६ माघ २०७८ , आइतबार

  • मिस तामाङको उपाधि पोखरा रानीपौवाकी मान्सीलाई

    पोखरा, १६ माघ – बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको छैटौं मिस तामाङको उपाधि पोखरा रानीपौवाकी मान्सी तामाङले जितेकी छन् । उनले शनिबार पोखरामा भएको ग्रान्ड फिनालेमा ९ प्रतियोगीलाई पछि पार्दै बेस्ट स्माइल टाइटलसहित १ लाख पुरस्कार हात पारिन् ।

    प्रतियोगितामा मिस अर्गनाइज्डको टाइटलसहित आशिका तामाङ फस्ट रनर अप बनिन् । उनले ५० हजार नगद पुरस्कार प्राप्त गरिन् । यस्तै, सेकेन्ड रनर अप पूजा तामाङ भइन् । उनले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । मिस ट्यालेन्टसहित भ्युर्यस च्वाइस उपाधि जितेकी पेमा तामाङले २० हजार प्राप्त गरेकी छन् ।

    मिस कन्फिडेन्ड कृस्टि तामाङ, बेस्ट हेयर ऋतिका तामाङ, मिस ग्रेसफुल जिया तामाङ, मिस फोटोजेनिक रेखा तामाङ, मिस पपुलर पूजा तामाङ, बेस्ट वाक मनिषा तामाङ र मिस फ्रेन्डली सिर्जना तामाङ बनेका छन् । मिस तामाङका अघिल्ला संस्करणबाट नीमा लामा, दीप्ति गोम्जा, कविता योञ्जन, कुशुम स्याङ्वो तामाङ र शशिकला तामाङले ताज जितिसकेका छन् ।

    प्रतियोगिताका प्रमुख निर्णायक जेसिआईबल्र्डका पूर्व उपाध्यक्ष राजु केसीले अन्तिम ५ प्रतिस्पर्धीलाई ‘जलवायु परिवर्तनले आदिवासीm जनजातिलाई परेको प्रभाव’ बारेमा लिखित जवाफ सोधेका थिए । जसमा मान्सीको जवाफले निर्णायकको मन जितेको हो । अन्य निर्णायकमा मिस तामाङ वल्र्ड २०२१ स्याङ्डोमा ब्लोन तामाङ र जोन्टा क्लबका उपाध्यक्ष मोनिका थापा थिए ।

    बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्वअध्यक्ष धनप्रसाद तामाङ, नेपाल तामाङ घेदुङ गण्डकी प्रमुख सल्लाहकार दीपक वाइवा तामाङ, म्युजिक एसोसिएसनका अध्यक्ष मिलन मोक्तान, मिस तामाङ पोखरा २०२० का विजेता शशिकला तामाङ लगायतले बोलेका थिए ।

    कोरोना प्रभावका कारण आयोजकले भर्चुअल रुपमा कार्यक्रम गरेको हो । आयोजक, प्रतियोगी तथा तिनका आफन्त र केही संघ, संस्थाका प्रतिनिधिसहित सिमित दर्शकको उपस्थितिमा लेकसाइडस्थ्ति बिजिबी रिसोर्टमा कार्यक्रम भएको हो । प्रतियोगिता गोर्खा ब्रुअरीले मुख्य प्रायोजन गरेको थियो । कार्यक्रममा सञ्जयकुमार मल्ल, राम लामा, डोल्मा लामा, दिप्ती गोम्जो र निमा लामाले बोलेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend