२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

राष्ट्रसंघका विज्ञ मारिएको आरोपमा ५१ जनालाई मृत्युदण्ड 


जनमञ्च संवाददाता
  • १६ माघ २०७८ , आइतबार

  • राष्ट्रसंघका विज्ञ मारिएको आरोपमा ५१ जनालाई मृत्युदण्ड 

    किन्सासा- संयुक्त राष्ट्रसंघका विज्ञहरु मारिएको आरोपमा ५१ मानिसलाई मृत्युदण्डको सजाय सुनाइएको छ। सन् २०१७ मा राष्ट्रसंघका दुई विज्ञहरुलाई मारेको आरोपमा डेमोक्रेटिक रिपब्लिक कंगोको सैन्य अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो।

    कंगोमा हत्याको मुद्दामा मृत्युदण्डको सजाय दिने गरिएको थियो। तर कंगो सरकारले सन् २००३ मा मृत्युदण्डको सजायमा रोक लगाइ आजीवन काराबासको सजायमा परिणत गरिएको थियो। त्यसयता सामूहिक मृत्युदण्ड सुनाइएको यो पहिलो केस भएको बताइएको छ।

    कंगोको कसाइ प्रान्तस्थित सरकारी सेना र विपक्षी समूहबीच भएको हिंसा अनुसन्धानमा खटिएका राष्ट्रसंघका विज्ञ जाइदा क्याटलान र माइकल सार्पको सन् २०१७ मार्च महिनामा हत्या भएको थियो। हत्या भएको १६ दिनपछि उनीहरुको शव फेला परेको थियो। उनीहरु सन् २०१६ देखि २०१७ मार्चसम्म भएको हिंसाबारे अनुसन्धानमा खटिएका थिए। सो समयावधिमा करिब ३४ सय मानिसको हत्या भएको थियो भने हजारौंले बासस्थान छोडेको थिए।

    त्यहाँको विपक्षी सशस्त्र समूहले उनीहरुको हत्या गरेको पुष्टि कंगोस्थित कनाङ्गा सैन्य अदालतले गरेको थियो। सो पुष्टि भएपछि सैन्य अदालतले ५४ आरोपितमध्ये ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो।

    समलिंगी भाले पेन्गुइनले कोरले अण्डा

    न्युयोर्क – अमेरिकाको न्युयोर्क राज्यस्थित एक चिडियाखानामा समलिंगी भाले पेन्गुइन जोडीले अण्डा कोरलेका छन्। न्युयोर्कको सिराक्युज सहरस्थित रोजामण्ड जिफोर्ड चिडियाखानामा एक जोडी हम्वोल्ट जातको समलिंगी भाले पेन्गुइन जोडीले अण्डा कोरलेका हुन्।

    चिडियाखानाका अनुसार समलिंगी भाले पेन्गुइन जोडी एल्मर र लिमाले पहिलोपटक अण्डा कोरल्न सफल भएका छन्। सो समलिंगी पेन्गुइन जोडीले कोरलेको अण्डाबाट जन्मिएको हुर्काउन र तिनलाई पालनपोषण गर्नसमेत सक्षम देखिएको चिडियाखाना प्रशासनले जनाएको छ।

    सो जोडीले प्रजनन क्षमता भएको पेन्गुइनले पारेको अण्डालाई कोरलेको बताइएको छ। अन्य पोथी पेन्गुइनले पारेको अण्डा कोरल्नु भाले पेन्गुइनका लागि नयाँ घटना भएको पेन्गुइन विज्ञहरुले बताएका छन्।

    सो जोडीले प्रजनन क्षमता भएको पेन्गुइनले पारेको अण्डालाई कोरलेको बताइएको छ। मध्यमखालको उचाई भएको हम्बल्ट जातको पेन्गुइनलाई आइयुसिएनले खतराको सुचीमा राखेको छ। सो जातको पेन्गुइनको मुख्य बासस्थान दक्षिण अमेरिका र प्यासिफिक कोस्ट हो।

    एक वर्षमा २ हजार यमनी बालबालिका मारिएको दाबी

    मारिब – संयुक्त राष्ट्रसंघ (युएन)ले एक वर्षको अवधिमा करिब २ हजार यमनी बालबालिका मारिएको दाबी गरेको छ। हुथी विद्रोहीले आफ्नो समूहमा भर्ति गरेका ती बालबालिका एक वर्षको अवधिमा मारिएको दाबी संघको नयाँ रिपोर्टले गरेको हो।

    शनिबार साँझ सार्वजनिक युएनको नयाँ रिपोर्टअनुसार यमनको हुथी विद्रोहीले आफ्नो समूहमा भर्ती गराएका करिब २ हजार यमनी बालबालिका लडाइँमा मारिएका छन्। सन् २०२० जनवरीदेखि सन् २०२१ मे महिनासम्म सो संख्यामा ती बालबालिका मारिएका हुन्।

    हुथी विद्रोहीले यमनका विभिन्न विद्यालय र विभिन्न ग्रामिण भेगका बालबालिकालाई आफ्नो सिद्धान्त सिकाउँदै आफ्नो समूहमा भर्ना गराएको युएनले उल्लेख गरेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend