१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026
बागलुङमा रहेका झण्डै ५ सयभन्दा बढी झोलुंगे पुलहरुमध्ये नामाकरण भएको यो पहिलो पुल हो ।

लामो पुलको नामाकरण गर्ने सापकोटालाई २५ हजार पुरस्कार


जनमञ्च संवाददाता
  • १७ माघ २०७८ , सोमबार

  • लामो पुलको नामाकरण गर्ने सापकोटालाई २५ हजार पुरस्कार

    बागलुङ, १७ माघ – बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिंगल स्पान (एक टापुबाट सिधा अर्को टापु जोड्ने) प्रविधिको संसारकै लामो पुलको नामाकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको छ । पुलको नामाकरण गरेका बागलुङ नगरपालिका-५ मालिकाका घनश्याम सापकोटालाई नगरपालिकाले नगद २५ हजार रुपैयाँले पुरस्कृत गरेको हो ।
    सापकोटाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात् गण्डकी स्वर्णिम झुला राखेका थिए ।

    आइतबार शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुरस्कारको चेक सापकोटालाई हस्तान्त्रण गरे । बाङ्गेचौरमा रहेको शहीदपार्कको मध्यभागबाट पर्वत जोड्नेगरी कालिगण्डकी खोँचमा बनेको पुलको नामाकरण गर्ने सापकोटालाई शहिद दिवसको अवसर पारेर पुरस्कृत गरिएको हो ।

    नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष समेत रहेका सापकोटाले आफूले प्रस्ताव गरेको नाम उत्कृष्ठ ठहरिएकोमा खुसी व्यक्त गरे । सापकोटाले पुरस्कार पाउनुमात्रै ठूलो कुरा नभएको भन्दै आफैले कल्पना गरेको नाम संसारकै लामो पुलले पाएकोमा हर्षित रहेको बताए ।

    बागलुङ नगरपालिकाले पुलको नामाकरणका लागि सार्वजनिक सूचना गरेर उत्कृष्ट नाम राख्नेलाई पुरस्कारको घोषणा गरेको थियो । उपप्रमुख सुरेन्द्र खड्काको संयोजकत्वमा बनेको नाम छनोट समितिले उत्कृष्ट २५ वटा नाम छनोट गरेर छलफल गर्दा सापकोटाले राखेको नाम उत्कृष्ठ ठहरिएको थियो ।

    सापकोटाले नाम मात्रै राखेका थिएनन् उनले राखेको नामको बिस्तृत अर्थ समेत समावेश गरेका थिए । ५६७ मिटर लामो पुललाई आवत जावतको साधन मात्रै नभई बागलुङको पर्यटनसँग जोड्ने भन्दै नामाकरण गरिएको हो । बागलुङमा रहेका झण्डै ५ सयभन्दा बढी झोलुंगे पुलहरुमध्ये नामाकरण भएको यो पहिलो पुल हो । अन्य पुलहरुमा सोही ठाउँ वा खोला, नदी माथिको पुल भनेर चिन्ने गरिन्छ ।

    शहिदपार्कमा भएको कार्यक्रममा त्यहाँ रहेका शहीदको शालिकमा माल्यार्पण गरिएको थियो । शहीदको सम्झनामा बागलुङ नगरपालिकाले हरेक वर्ष पार्कमा पुगेर औपचारिक कार्यक्रम गर्दै आएको छ । शहीदको सम्झना गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शहिदको बलिदानीले नै अहिलेको व्यवस्था आएको बताए । उनले शहिद पार्क व्यवस्थापनमा नगरपालिकाले ठूलो खर्च गरेको भन्दै घुम्ने ठाउँको रुपमा पार्कको बिकास भैरेको बताए । नगरपालिकाले एक वर्षयता पार्कलाई व्यवस्थापन गरेर सुन्दर बनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend