९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
उजुरीको दर्ता नम्बर १,१२२ रहेको छ । 

प्रशासनले दर्ता गर्‍यो पूर्वप्रधानमन्त्री ओलीविरुद्धको उजुरी


जनमञ्च संवाददाता
  • १७ माघ २०७८ , सोमबार

  • प्रशासनले दर्ता गर्‍यो पूर्वप्रधानमन्त्री ओलीविरुद्धको उजुरी

    काठमाडौं, १७ माघ – कोरोना संक्रमित भएको अवस्थामा स्वास्थ्य मापदण्डविपरीत सार्वजनिक स्थानमा निस्केर संक्रमण फैलाएको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था युथ कंग्रेसका केन्द्रीय सदस्य अभिजित अधिकारी र वीरेन्द्र मडैले दिएको उजुरी  जिल्ला प्रशासन कार्यालय भक्तपुरले दर्ता गरेको हो।

    युथ कंग्रेसका केन्द्रीय सदस्य अधिकारीले आइतबार दर्ता नभएको उजुरी सोमवार दर्ता भएको जानकारी दिए। जिल्ला प्रशासन कार्यलय भक्तपुरका अनुसार उजुरीको दर्ता नम्बर १,१२२ रहेको छ ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई सम्बोधन गरिएको उजुरीमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीको माग गरिएको छ। उजुरीमा गत माघ १२ गते ओली कोभिड संक्रमित हुँदाहुँदै बालकोटमा युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भई अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई संक्रमण फैलाउने कार्य गरेकाले आवश्यक कारबाही गर्न माग गरिएको छ।

    संक्रामक रोग ऐन, २०२० को दफा ३ मा ऐन उल्लंघन गर्नेलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। ऐनले यसअन्तर्गत  कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend