२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026
खुला विश्वविद्यालयको उपकुलपतिमा बज्राचार्य

चितवनमा शिक्षक अस्पताल बनाउने सरकारको निर्णय


जनमञ्च संवाददाता
  • १७ माघ २०७८ , सोमबार

  • चितवनमा शिक्षक अस्पताल बनाउने सरकारको निर्णय

    काठमाडौं, १७ माघ – सरकारले चितवनमा शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । शिक्षामन्त्री देवेन्द्र पौडेले मन्त्रिपरिषद्मा शिक्षक अस्पताल निर्माणको प्रस्ताब पेश गरेका थिए ।

    २१ बिगाह जग्गामा शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि सारिएको छ । शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो ।

    बिमल शर्मा चालिसे संयोजकत्वको सम्भाव्यता समितिले यी ठाँउ प्रस्ताव गरेको हो । सरकारले शिक्षक अस्पताल स्थापनाको योजना अघि सारेपनि विज्ञहरुले पेशा पिच्छे स्वास्थ्य संस्था स्थापना गर्नु उचित नहुने भन्दै आलोचना गरेका छन् । सेना प्रहरी बाहेक निजामति कर्मचारीको अस्पतालल हाल सञ्चालनमा रहेको छ ।

    त्यस्तै मन्त्रिपरिषद् बैठकले खुला विश्वविद्यायको उपकुलपतिमा प्राध्यापक डा. शिलु मानन्धर बज्राचार्यलाई नियुक्ति दिने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए । ८ महिना पछि विश्वविद्यालयले महिला उपकुलपति पाएको हो । उनी विश्वविद्यालयको उपकुलपति बन्ने नेपालकै दोस्रो महिला हुन् । यसअघि सुदुरपश्चिम विश्वविद्यालयमा भुषण श्रेष्ठ पहिलो उपकुलपति बनेकी थिइन् ।

    विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भिमप्रसाद सुवेदी संयोजकत्वको सिफारिस समितिले बज्रचार्य सहित प्रा.डा. मनप्रसाद वाग्ले र प्रा.डा. इन्द्रबहादुर कार्कीको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नै सम्भावित उपकुलपतिको नाम सिफारिस भएपनि सरकार परिवर्तनको कारण नियुक्तिमा ढिलाइ भएको थियो ।

    नवनियुक्त उपकुलपति बज्राचार्य यसअघि खुला विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायको डिन थिइन भने उनी शंकरदेव क्याम्पसको पूर्वप्रमुख समेत हुन् । त्रिभुवन विश्वविद्यालयको प्राध्यापक उनले त्रिविबाटै व्यवस्थापन संकायमा विद्यावारिधि गरेकी छिन् । खुला विश्वविद्यालयमा शिक्षामन्त्री कुलपति रहन्छन् । कुलपतिको प्रस्तावमा मन्त्रीपरिषद्ले उपकुलपति नियुक्ति गर्ने व्यवस्था छ । करिब एक महिना अघि शिक्षामन्त्री पौडेलले रजिष्ट्रारमा गोबिन्दसिंह बिष्टलाई नियुक्त गरेका थिए ।

    खुला विश्वविद्यालयमा अन्तर्गत ३ संकायको डिन पद पनि रिक्त छ । उपकुलपति बज्राचार्यले डिन हुँदा नै विश्वविद्यालयबारे धेरै कुरा बुझिसकेकाले कमीकमजोरी हटाउँदै अझै उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाइन् । सरकारले खुला र दुरशिक्षाको माध्यमबाट उच्चशिक्षा प्रदान गर्ने उद्देश्यले २०७३ सालमा खुला विश्वविद्यालय स्थापना गरेको थियो । विश्वविद्यालयको संस्थापक उपकुलपति प्रा.डा. लेखनाथ शर्माको कार्यकाल गत जेठमा सकिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend