११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026
दोस्रो हाफ तनावपूर्ण, चारवटा रातोकार्ड देखाइयो

मरिससविरुद्ध नेपालको संघर्षपूर्ण जित


जनमञ्च संवाददाता
  • १८ माघ २०७८ , मंगलबार

  • मरिससविरुद्ध नेपालको संघर्षपूर्ण जित

    काठमाडौं, १८ माघ – मौरिससविरुद्धको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि नेपालले जित निकालेको छ। दशरथ रंगशालामा केहीबेर तनावपूर्ण बनेको खेलमा मंगलबार नेपालले मौरिससलाई १-० ले हराएको हो। नेपालले १० र मौरिससले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो।

    नेपालले शनिबारको पहिलो मैत्रीपूर्ण खेलमा पनि मौरिससलाई विमल घर्तीमगरको गोलमा १-० ले पराजित गरेको थियो। त्यसबेला विमल घर्ती मगरले गोल गरेका थिए।

    खेलको दशौँ मिनेटमा मिडफिल्डर सुजल श्रेष्ठले गरेको गोल नै नेपालको जितका लागि पर्याप्त बन्यो। सुजलले पुजन उपरकोटीको पासमा बललाई पोष्टको दिशा दिएका थिए।  कर्णरमा आएको बलमा आशिष लामाले प्रहार गरेको बललाई पुजनले ब्याकहिलले अघि बढाइदिएपछि पोष्टको नजिक रहेका सुजलले सहजै गोल गरेका थिए।

    राष्ट्रिय टोलीबाट सुजलको त्यो तेस्रो गोल हो। सुजलको लगत्तै १२ औँ मिनेटमा मौरिससले खेललाई बराबरी गर्ने अवसर पाएपनि सफल हुन सकेन। पेनाल्टी बक्समा नेपाली खेलाडीको ह्याण्ड भएपछि मौरिससले पेनाल्टी प्रहारको अवसर पाएको थियो।

    मौरिससका कप्तान एन्डी सोफीले पाएको पेनाल्टी प्रहार नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाए।

    खेलको २२ औँ मिनेटमा एरिक विष्टको प्रहार गोल पोष्टभन्दा थोरै बाहिरबाट बाहिरिँदा नेपालले अग्रता दोब्बर गर्नै मौका गुमायो। ३६ औँ मिनेटमा तेज तामाङले ३० यार्ड टाढाबाट गरेको प्रहार बाहिरियो। ३९ औँ मिनेटमा फर्नान्डो ज्याक्सनको प्रहार गोलरक्षक चेम्जोङले बचाए।

    खेलको ६८ औँ मिनेटमा मौरिससका कप्तान एण्डी सोफीको प्रहार गोलरक्षक चेम्जोङले उत्कृष्ट बचाउ गरे। ७० औ मिनेटमा नेपालका फरवार्ड अन्जन विष्टलाई एन्ड्री बोटलरले फाउल गरेपछि खेल केहीबेर तनावपूर्ण बनेको थियो।

    त्यो घटनामा दुवैतर्फका खेलाडीले विपक्षी खेलाडीलाई धक्का दिएका थिए। त्यसपछि रेफ्री नविन्द्र महर्जनले मौरिससका एन्ड्री र नेपालका पुजनलाई दोहोरो पहेँलोपछि रातो कार्ड देखाउँदा दुवै टोली १० खेलाडीमा खेल्नु परेको थियो। खेलाडीलाई सम्झाउन मैदान छिरेका नेपालका गोलरक्षक प्रशिक्षक विकास मल्लले रातो कार्ड पाए।

    दोस्रो हाफको ३६ औँ मिनेटमा ईमान्युल फोलच्युन्डले सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि मौरिसस ९ खेलाडीमा सिमित बन्न पुग्यो।

    ईमान्युलले नेपालका डिफेन्डर गौतम श्रेष्ठलाई खराब ट्याकल गरेपछि उनले रातो कार्ड पाएका थिए। खेलको अन्त्यतिर फ्लड लाइटको प्रकाश कम भएर केही समय खेल स्थगित भएको थियो।  अफ्रिकी मुलुकसँग नेपालले पहिलो पटक अन्तरष्टिय मैत्रिपुर्ण खेल खेलेको हो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend