९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सोनाम ल्होसारको शुभकामना

सोनाम ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ: राष्ट्रपति


जनमञ्च संवाददाता
  • १९ माघ २०७८ , बुधबार

  • सोनाम ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ: राष्ट्रपति

    काठमाडौं, १९ माघ – राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होसारले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्। तामाङ समुदायको महान् पर्व सोनम ल्होसारका अवसरमा शुभकामना दिँदै उनले आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन्।

    ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपाली बीच आपसी सद्भाबव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।’सन्देशमा भनिएको छ,‘सोनम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।’

    प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदान–प्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

    चाडपर्वहरूले हाम्रो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै मौलिक पहिचान अभिवृद्धि गर्न समेत सहयोग पुर्‍याइरहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend