९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा


जनमञ्च संवाददाता
  • १९ माघ २०७८ , बुधबार

  • स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा
    स्याङ्जा जिल्ला अस्पतालमा संचालनमा आएको अक्सिजन प्लान्ट । तस्बिर: अर्जुन काफ्ले/जनमञ्च 

    स्याङ्जा, १९ माघ – जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा आएको छ । अस्पतालमा अक्सिजन पल्यान्ट बनेसँगै अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने भएको हो ।

    अस्पताल प्रमुख डा. रमेश आचार्यका अनुसार १५ एनएमक्युब क्षमताको अक्सिजन प्लान्टले प्रति घण्टा १५ हजार लिटर अक्सिजन उत्पादन गर्ने र आठ हजार लिटर प्रतिघण्टा अक्सिजन भर्न सकिन्छ । अक्सिजन प्लान्टले दैनिक सरदर ७५ वटा अक्सिजन सिलिण्डर भर्ने डा. आचार्यले बताए ।

    भरिएको प्रति सिलिन्डरमा छ हजार चार लिटर अक्सिजन हुने छ भने अक्सिजनका लागि जिल्लाले अब अन्य जिल्लाको भर पर्न नपर्ने भएको हो । एक करोड ३६ लाखको लागतमा संघीय सरकारको सहयोगमा भदौदेखि प्लान्ट निर्माण सुरु गरिएको थियो ।यहाँ उत्पादित अक्सिजनले स्याङ्जा जिल्ला भरको अक्सिजनको माग सहजै पूरा गर्न हुनेछ ।

    अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले स्याङ्जा जिल्लाभरको अक्सिजनको माग सहजै आपूर्ति हुने जिल्ला अस्पताल स्याङ्जाका अध्यक्ष इन्द्रबहादुर गोदारले जानकारी दिए । अक्सिजन प्लान्टको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले उद्घाटन गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend