२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026
सतर्कता अपनाउन मौसमविदको सुझाव

देशव्यापी वर्षा-हिमपात सुरु हुने सम्भावना


जनमञ्च संवाददाता
  • २० माघ २०७८ , बिहिबार

  • देशव्यापी वर्षा-हिमपात सुरु हुने सम्भावना

    काठमाडौं, २० माघ – नेपालमा पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (बिहीबार बिहान) सुदूरपश्चिम र कर्णाली साथै अन्य प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली छ।

    मौसमविद् सजिना शाक्यका अनुसार आज काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु हुने सम्भावना छ।

    ‘काठमाडौंमा उपत्यकामा पनि वर्षाको सम्भावना छ’, मौसमविद् शाक्यले बिहीबार बिहान भनिन्, ‘काठमाडौं उपत्यकामा दिउँसो हल्का वर्षा हुन सक्छ, रातिचाहिँ मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छ।’

    मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि शनिबारसम्म देशव्यापी रूपमा वर्षा तथा हिमपात हुने सम्भावना छ।

    महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेर सचेत पनि गराएको छ।

    जसमा भनिएको छ : सुदूरपश्चिम, कर्णाली र लुम्बिनी  प्रदेशका धेरै स्थान तथा गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

    माैसम महाशाखाका अनुसार यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

    माघ २० गते बिहीबार
    दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चटयाङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

    माघ २१ गते शुक्रबार
    दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

    राति : देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ। प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

    माघ २२ गते शनिबार
    दिउँसो : देशका प्रदेश न १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश न १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति : देशभर पहाडी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश न १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    (नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले त्यस दिनको बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ।)

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend