११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

गृहमन्त्री खाँणले एकाविहानै किन गरे प्रमुख जिल्ला अधिकारीहरुलाई टेलिफोन


जनमञ्च संवाददाता
  • २० माघ २०७८ , बिहिबार

  • गृहमन्त्री खाँणले एकाविहानै किन गरे प्रमुख जिल्ला अधिकारीहरुलाई टेलिफोन
    Bal-Krishna-Khand

    काठमाडौं, २० माघ – गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिएका छन् ।

    उनले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिएका हुन् । गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरी जानकारी लिए ।

    फोनवार्तामा गृहमन्त्री खाँणले जिल्लामा कोभिड–१९ सङ्क्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनु पर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर सोधपुच गरेका थिए ।

    उनले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सुनसरी, काशीराज दाहाल मोरङ, छविलाल रिजाल झापा, कृष्णबहादुर कट्वाल बारा, ध्रमेन्द्र मिश्र नवलपरासी पश्चिम, ऋषिराम तिवारी रुपन्देही सँग टेलिफोन वार्ता गरेका थिए ।

    त्यसैगरी चक्रपाणी पाण्डे कपिलवस्तु, किरण थापा कैलाली, सूर्यबहादुर खत्री बाँके, सन्तबहादुर सुनार बर्दिया, हिरालाल रेग्मी दाङ, उमेशकुमार ढकाल पर्सा र रामप्रसाद पाण्डे कञ्चनपुर तथा नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग कुराकानी गरे ।

    कञ्चनपुरका प्रजिअ पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्याङ्कबारे जतिबेला पनि जानकारी राख्न सजक गराएको बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend