सप्तरी, २० माघ – सीके राउत नेतृत्वको जनमत पार्टीले आज (बिहीबार) बिहानैदेखि सप्तरीमा टायर बालेर प्रदर्शन गर्दै राजमार्ग बन्द गराएको छ। सीके राउतको सचिवालयका अनुसार किसान आन्दोलनअन्तर्गत अनुसार सप्तरी-रुपनीमा चक्काजाम गरिएको हो।
जनमत पार्टीले आज माघ २० गतेदेखि पूर्वपश्चिम राजमार्ग बन्द गर्ने विरोधको कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो।