९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङका वामपन्थी नेता बाबुराम एमालेमा प्रवेश, सवै कम्युनिष्टलाई एकतावद्ध हुन आग्रह


जनमञ्च संवाददाता
  • २१ माघ २०७८ , शुक्रबार

  • बागलुङका वामपन्थी नेता बाबुराम एमालेमा प्रवेश, सवै कम्युनिष्टलाई एकतावद्ध हुन आग्रह

    बागलुङ, २१ माघ – बागलुङका बामपन्थी नेता बाबुराम नेपाली शुक्रवार नेकपा एमालेमा प्रवेश गरेका छन् । बामपन्थी नेता नेपालीलाई नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल, सहइन्चार्ज जगत विक, मन कुमारी केसी लगायतका नेताहरुले जिल्लाको ढोरपाटन नगरपालिकामा आयोजित एक कार्यक्रमका विच फुलमाला लगाइ प्रवेश गराएका हुन् ।

    एमालेमा प्रवेश गर्दै बामपन्थी नेता नेपालीले कम्युनिष्टका नाममा साना साना झुण्डको आवश्यकता नरहेको भन्दै अब एउटै कम्युनिष्ट पार्टीले मात्रै नेपाली जनताको समस्या समाधान गर्ने र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सक्ने वताए । उनले छरिएर रहेका सवै वामपन्थी कम्युनिष्टहरुलाई एमालेमा समाहित हुन समेत आग्रह गरे ।

    लामो समय नेकपा मसालको राजनीति गरी माओवादीमा प्रवेश गरेका नेपाली पछिल्लो समय उक्त पार्टीबाट पनि अलग भई स्वतन्त्र भएका थिए । गलकोट नगरपालिका-११ का उनी राष्ट्रिय जनमोर्चाको तर्फबाट तत्कालिन रिघा गाविस अध्यक्ष बनेका थिए ।

    त्यसपछि उनी जनमोर्चा परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका थिए । माओवादी पनि विभाजित भएपछि उनी स्वतन्त्र बामपन्थी बनेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend