८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

गर्भवती महिलाको हत्या आरोपमा पति र ससुरा पक्राउ


जनमञ्च संवाददाता
  • २१ माघ २०७८ , शुक्रबार

  • गर्भवती महिलाको हत्या आरोपमा पति र ससुरा पक्राउ

    बुटवल, २१ माघ – कपिलवस्तुमा एक गर्भवती महिलाको हत्या आरोपमा मृतक महिलाका पति र ससुरा पक्राउ परेका छन् ।

    कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका-८ की अन्दाजी २१ वर्षीया रहिसुन्निसा मुसलमानलाई हत्या गरेको आरोपमा उनका पति २२ वर्षीय मोहम्मद नसिम अलि मुसलमान र निजको बुवा ५० वर्षीय अब्बास अलि मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    मृतक महिला दुई महिनाको गर्भवती भएको र मृत्यु शंकास्पद भएकोले शुक्रबार गाडेको शव उत्खनन गरी पोष्टमार्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend