११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

बेइजिङ ओलम्पिक भव्य समारोहबीच सुरु


जनमञ्च संवाददाता
  • २१ माघ २०७८ , शुक्रबार

  • बेइजिङ ओलम्पिक भव्य समारोहबीच सुरु

    भव्य समारोहबीच बेइजिङ ओलम्पिक नेपाली समयअनुसार शुक्रबार साँझ सुरु भएको छ।  २४ औँ शीतकालीन ओलम्पिकको चीनका राष्ट्रपति सी चिनफिङले स्थानीय समयअनुसार शुक्रबार राति ८ बजे औपचारिक उद्घाटन गर्दैछन्।

    शुक्रबार साँझदेखि सुरु भएको शीतकालीन ओलम्पिकलाई चीनले आफ्नो वैभव प्रदर्शन गर्ने माध्यम पनि बनाएको छ।

    हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह अहिले विश्व चर्चित चराको गुँड अर्थात् ‘बर्ड नेस्ट’मा स्टेडियममा भइरहेको छ।

    यो ओलम्पिकको उद्घाटन समारोहमा विश्वभरका ९७ मुलुकको प्रत्यक्ष उपस्थिति छ। उद्घाटन समारोहमा रसियन राष्ट्रपति भ्लादिमिर पुटिन पनि पुगेका छन्।

    अमेरिका र भारतसँगको राजनीतिक तनावबीच चीनले शीतकालीन ओलम्पिकलाई भव्य बनाउन कुनै कसर बाँकी राखेको छैन।

    चीनले शीतकालीन ओलम्पिकलाई लिएर राजनीति गरेको आरोप भारत र अमेरिकाले लगाएका छन्। त्यहीकारण ओलम्पिकको उद्घाटन र समापन समारोहमा भारतीय प्रतिनिधिहरु सहभागी नहुने भएका छन्।

    यसपटकको शीतकालीन ओलम्पिकमा नेपालबाट कुनै खेलाडी सहभागी भएका छैनन्। भारतका एकमात्र खेलाडी सामेल छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend