२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

दुलही वोकेर फर्केको जिप प्युठानमा दुर्घटना हुँदा ८ जनाको मृत्यु, दुलहा-दुलही घाईते


जनमञ्च संवाददाता
  • २२ माघ २०७८ , शनिबार

  • दुलही वोकेर फर्केको जिप प्युठानमा दुर्घटना हुँदा ८ जनाको मृत्यु, दुलहा-दुलही घाईते

    बुटवल, २२ माघ – दुलहा दुलही बोकेर फर्केको जिप प्युठानमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट दुलही लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप शनिबार बिहान ३ बजे दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटास्थित करिब १ सय ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । दुलहा दुलहीसहित ५ जना घाइते छन् । घाइतेलाई थप उपचारका लागि बुटवल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend