९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
अनुभूति

आधुनिकतामा लम्किरहेको मानवीय स्वभाव


दिपकराज पन्त
  • २२ माघ २०७८ , शनिबार

  • आधुनिकतामा लम्किरहेको मानवीय स्वभाव

    इतिहासलाई भुलेर आधुनिकतातिर जान सकिँदैन । आफ्नो औकात र ऐतिहासिक पृष्ठभूमिलाई भुलेर गरिएको त्यस्तो कृत्यले सकारात्मक परिणाम दिँदैन ।

    प्रत्येक व्यक्तिले आफ्नो आचरण वा बानी–व्यवहारमा देखाउने वा देखिने हाउभाउमा हुने परिवर्तित अवस्था नै स्वभाव हो । मानिसमा हुने स्वभावले उसको जीवनमा उतारचढाव ल्याउने गर्दछ । स्वभाव परिवर्तन सत्य हो । जब मानिसको जन्म हुन्छ, त्यसपछि जीवनको प्रत्येक क्षणमा बानी– व्यवहार, स्वभाव रुचि इच्छा चाहना आवश्यकतालगायत विभिन्न संवेगहरुमा परिवर्तन हुने प्राकृतिक प्रक्रिया नै भएता पनि आर्जित स्वभावले वढी प्रश्रय पाएको देखिनमा आउँछ, वर्तमानको समयमा । मानिस जब समस्याको जालमा पर्न थाल्दछm त्यसपछि उसले समस्यालाई समाधान गर्न बिभिन्न तौरतरिका÷उपायहरु अवलम्वन गरी तत्परताका साथ लागी पर्दछ र समस्या पनि समाधान गर्दछ । त्यसलगत्तै उसले ‘खोलो त¥यो लौरो बिस्र्याे’ भन्ने उक्तिलाई साकार पार्ने काम गर्न पछि पर्दैन । मानव जातिले खहरेखोलाजस्तो नभई सागरजस्तै शान्त र शितलतासहितको सदावाहार तरिकाले जीवनयापन व्यतित गर्ने स्वभावलार्ई विकास गर्दै जानुपर्ने हुन्छ । जीवन–जगतमा समय त सवैको समान हुन्छ तर संयोग भने फरक– फरक हुन्छ । यही तथ्यलाई आत्मसात गरी मानवीय जीवनलाई अग्रपथतिर बढाई सार्थक तुल्याउने स्वाभाव बसाल्नुपर्ने हुन्छ ।

    मानिसले हरेक आरोह–अवरोह तथा सुख दुःखमा आफ्नो मान –मर्यादामा रहेर बस्नुपर्छ । बिगतको कुरालाई भुलेर आज नै सवै क्षेत्रमा निपूर्ण भएको हो भन्ने अहमता प्रकट गर्नु हुँदैन । विगतको अवस्थालाई सुधार गरेर आजको अवस्थामा आएको हो भन्ने कुरालाई भुल्नु हुँदैेन । समय परिवर्तनशील त छ तर परिवर्तित हुन सकिएन भने जीवन सार्थक नभई निरर्थक हुन जान्छ रिस,ईष्र्या, द्वेष, घमण्ड नगरि विगतको स्थितिलाई सम्झेर÷बुझेर आफ्नो इज्जत, मान– प्रतिष्ठालाई निरन्तर दिँदै जाँदा सर्वमान्य भइन्छ । इतिहास सवैभन्दा विश्वासनीय पथप्रदर्शक ऐनाको रुपमा रहेको हुन्छ । इतिहासलाई भुलेर आधुनिकतातिर जान सकिँदैन । जान त खोज्छन÷ जान्छन पनि ! तर, आफ्नो औकात र ऐतिहासिक पृष्ठभूमिलाई भुलेर गरिएको त्यस्तो कृत्यले सकारात्मक परिणाम दिँदैन । त्यसपछि ऊ स्वयं विगतलाई केलाउन थाल्छ । कालान्तरमा ठाडो शीर गरेर हेर्न पनि नसक्ने हुन्छ । आफूले मानसम्मान गर्नुपर्नेलाई मानसम्मान गर्ने र मायाममता देखाउनु पर्नेलाई मायाममता देखाउन सकियो भनेमात्र आफ्नो स्वभावको पहिचाहनलाई चिनाउन सकिन्छ ।

    यस्ता किसिमका स्वभावहरु हरेक क्षेत्रमा देखा परिरहेका छन । ‘काम गर्ने कालु मकै खाने भालु’ भनैझंै कति दःुख–कष्ट भोगेर, मेहनत गर्ने व्यक्तिहरु पछाडी नै रहन्छन । जो शक्तिमा रहेको व्यक्तिको अगाडी–पछाडी गर्ने प्रयत्न गर्छ, उही व्यक्तिगत रुपमा लक्ष्य प्र्राप्त गर्न सफल हुन्छ । लक्षित क्षेत्रले त कुनै पनि कुुनै किसिमको आफ्नो क्षमता प्रस्फुटन गर्ने अवसरसमेत पाउन सक्दैन । शक्तिकेन्द्रको वरपर रहनेले क्षमता नभएता पनि क्षमता प्रस्फुटनको नाटक देखाउन प्रयत्न गर्दछ । शक्तिकेन्द्रसँग पनि सधैँभर सोही अवस्थामा रहन समयचेत र परिवर्तनलाई आत्मसात गर्नु सक्नुपर्छ । हेरौँ त– सूर्यको गति साँझको समयमा । मानवीय जीवन वासनायुक्त गुलियो रसाद भएको फूलजस्तो हुन्छ । समय र परिस्थितिलाई मनन गर्न सकिएन भने गुलियो रसाद रहुन्जेल त्यहाँ बिभिन्न प्रजातिका चराचुरुङ्गी, माहुरी, भमरालगायत किटपतंङ्गहरु तँछाडमछाड गरिरहेका हुन्छन । जब त्यो गुलियोे रसाद सकिन्छ त्यहाँ फर्केर कोही आउँदैन । मानव जगतमा पनि यही नियति लागू हुन्छ । अतः हरेकले भविष्यलाई सहज सुन्दर, सार्थक र अमर बनाउन प्रयास गर्नुपर्छ । यसका लागि देखावटी स्वभाव छोडनुपर्ने हुन्छ । सकिन्छ वास्तविकतातिर जाऔं, सकिन्न नाटकीय स्वभाव त्यागौं । ‘बाहिर रामराम बगलीमा छुरा’ हुने व्यक्तिबाट टाढा रहेको खण्डमा कल्याण हुन्छ । कुन व्यक्तिमा के–कस्तो क्षमता छ भन्ने कुरालाई बुझेरमात्र कार्यमा अग्रसर गर्नु गराउनु पर्छ । क्षणिक होइन, अनन्तकालसम्मलाई आधार मानेर अग्रपथतिर लम्कनुपर्छ । सकेसम्म असल विचार राखेर सबैको भलो गरोैं, नसकेमा चुप लागेर बसौं । अन्यथा पश्चातापबाहेक केही प्राप्त हँुदैन । अहिले मानिसहरुमा ‘तातै लिआं,ै जल्दै जिऔं’ भन्ने मानशिकता छ । किन त्यस्तो अहमता देखाउने ? यो सांसारिक जीवनमा सबैलाई सबैको साथ –सहयोग आवश्यकता पर्छ, ढिलो वा चाँडोेमात्र हो । नैतिकतामा रहेर आफ्नो जीवनलाई सार्थक तुल्याउनुपर्छ । सत्य के हो भने– जस्तो कर्म ग¥यो, त्यस्तै फल प्राप्त हुन्छ ।

    मानिसमा किन बल,बुद्धि, धन,सम्पत्ति, मानमर्र्यादामा यस्तो घमण्ड बढिरहेको छ ? किन तँछाडमछाड गरेका छन ? आफेै मपाईं हुने जाने बुझेको मान मर्यादा प्राप्त गरेको भनि घमण्डी स्वभाव देखाउनु भनेको बलेकोे आगोमा हामफाल्नु नै हो । कुनै पनि व्यक्ति सर्व पक्षमा निपूर्ण हँुदैन । यसबाट मनन गरेर हेराँै । क्षमता दक्षतालाई कसैैले प्रयोग गर्ने अवसर प्राप्त गर्छ भने कोहीले प्राप्त गर्न सकेका हँुदैनन् । व्यवहार भनेको सवैले सवैलाई समान किसिमको गर्नुपर्छ । कोहीलाई काखा कोहीलाई पाखा गर्नु हँुदैन ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend