९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
गण्डकी प्रदेशसभा आजदेखि पाँचौ बर्षमा

संघीयता कार्यान्वयनको जग हाल्न प्रदेशसभाको भूमिका महत्वपूर्ण: निवर्तमान मुख्यमन्त्री गुरुङ


जनमञ्च संवाददाता
  • २२ माघ २०७८ , शनिबार

  • संघीयता कार्यान्वयनको जग हाल्न प्रदेशसभाको भूमिका महत्वपूर्ण: निवर्तमान मुख्यमन्त्री गुरुङ

    पोखरा, २२ माघ – गण्डकी प्रदेशसभा आजदेखि पाँचौ बर्षमा प्रवेश गरेको छ । पाँचौ बर्ष प्रवेशको अवसरमा गण्डकीका पहिलो तथा निवर्तमान मुख्यमन्त्री एवम नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले शुभकामना ब्यक्त गरेका छन् । शनिबार शुभकामना ब्यक्त गर्दै गुरुङले संघीयताको जग बसाल्ने सवालमा विगतमा गण्डकी प्रदेशसभाले महत्वपूर्ण काम गरेको बताएका छन् ।

    यो विचका उपलब्धीहरु नेपालको आधुनिक इतिहासका महत्वपूर्ण कडी भएको वताउदै पहिलो मुख्यमन्त्री गुरुङले आफूहरुले गरेका उपलब्धिहरुको दस्तावेजीकरण गर्नु आवश्यक भएको बताएका छन् ।

    ‘गण्डकी प्रदेश सभाले ४ वर्ष बिताएको छ,’ एमाले प्रदेशसभा संसदीय दलका नेता समेत रहेका गुरुङले भनेका छन्, ‘पहिलोपटक प्रदेश सभाका सदस्य बनेका हाम्रा काम संघीयता कार्यान्यनमा जग राख्नु थियो, त्यसमा गण्डकी प्रदेश सभाले धेरै मिहिनेत गरेर उल्लेखनीय उपलब्धिहरु हाँसिल गरेको छ। यी उपलब्धिहरु नेपालको आधुनिक इतिहासका महत्वपूर्ण कडी पनि हुन् । हाम्रा उपलब्धिहरुको दस्तावेजीकरण गर्नु जरुरी छ ।’

    आफ्नो बाटो आफैं निर्माण गरेर अघि बढ्ने चुनौती भए पनि ती चुनौती पार गरेको भन्दै आफूलाई गौरवबोध हुने उनले बताएका छन् । ‘२०७५ साल असार १८ गते सर्वसम्मत प्रदेश राजधानी पोखरालाई तोक्न र असार २२ मा प्रदेशको नामाकरण गण्डकी राख्न सफल भयौं,’ उनले भनेका छन्, ‘गण्डकी प्रदेशसभालाई सत्ता र प्रतिपक्षीको साझा दायित्वका रुपमा बुझेर नै समझदारी, समन्वय र सन्तुलनबाट अघि बढाएको क्षणको स्मरण गर्दा मात्रैपनि मलाई गौरवबोध हुन्छ।’

    कतिपय दलका गतिविधिका कारण संघीयताप्रति जनताको दृष्टिकोणलाई नकारात्मक बनाउन सहयोग पुगेको गुरुङको आरोप छ। ‘नेपालका कतिपय दलहरुका पछिल्ला गतिविधिहरु संघीयताका मर्म र भावना विपरीतका देखापर्नुले शिशु संघीयताप्रति जनताको दृष्टिकोणलाई नकारात्मक बनाउन सहयोग पुग्यो भन्ने मेरो निष्कर्ष हो,’ उनले भनेका छन्, ‘तत्कालीन प्रदेश सरकारविरुद्ध प्रतिपक्षहरुको अविश्वास प्रस्ताव छलफल गर्ने क्रममा प्रस्तावको पक्षमा बहुमत पुग्ने स्थिति नदेखेपछि बलात् संसद अनिश्चितकालीन बन्द गर्ने काम संसदीय मर्म विपरीत थियो । त्यसबाट हामीले शिक्षा लिनुपर्छ।’

    निवर्तमान मुख्यमन्त्री गुरुङले प्रदेशसभा जनताको आवाज वोक्ने थलो भएको वताउदै भनेका छन, ‘प्रदेसभालाई प्रभावकारी र सशक्त बनाउन प्रदेशसभाको नेतृत्वले थप मिहिनेत गरेर बाँकी समय सदपुयोग गरोस, यसबाट आगामी दिनलाई मार्ग दर्शन गर्न सकौं ।’

    हेर्नुहोस शुभकामना विज्ञप्तिको पूर्णपाठ:

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend