९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमसिसी पास गर्न एमाले किन चाहियो ? : एमाले सचिव अर्याल


जनमञ्च संवाददाता
  • २३ माघ २०७८ , आइतबार

  • एमसिसी पास गर्न एमाले किन चाहियो ? : एमाले सचिव अर्याल

    बागलुङ, २३ माघ – नेकपा एमाले सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज पद्मा अर्यालले निर्वाचनमा पराजित हुने डरले सरकारले चुनाव गराउन नचाहेको वताएकी छिन् । समयमा निर्वाचन हुँदा पराजय भएर गठबन्धनको अस्तित्व जोगाउन नसक्ने भन्दै निर्वाचनबाट भाग्न खोजेको उनको आरोप थियो ।

    प्रेस चौतारी नेपाल बागलुङ शाखाले आइतवार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै एमाले सचिव अर्यालले चुनाव सारेर पछि राज्यसत्ताको दुरुपयोग गरेर आफ्नो उपस्थिती जनाउन सकिएलाकी भनेर सरकारले निर्वाचन पर सार्न खोजेको वताईन ।
    ‘यो समयमा निर्वाचन हुँदा आफू निर्वाचित हुन सकिदैन, आफ्नो अस्तित्वको रक्षा गर्न सकिदैन भनेर निर्वाचनबाट हुने जुन पराजय हो, त्यो पराजयबाट गठबन्धन भाग्न खोजेको छ,’ सचिव अर्यालले भनिन, ‘चुनाव सारेर पछि राज्य सत्ताको दुरुपयोग गरेर आफ्नो उपस्थिती जनाउन सकिएलाकी भन्ने योजनाका साथ सरकार निर्वाचनबाट सरकार भाग्दैछ ।’

    सरकारले संविधान मिच्न खोजेको भन्दै संविधानलाई कागजको खोस्टो बनाएर लोकतन्त्र समाप्त पार्न खोजेको भन्दै सचिव अर्यालले यो सरकार जनविरोधी र विकास विरोधी भएको समेत आरोप लगाईन । केपी ओली नेतृत्वको सरकारले विनियोजन गरेका बजेट र योजना कटौती गरी विकासको विरुद्धमा लागेको बताईन ।

    सरकारले एमसिसी ल्याउन चाहे नेकपा एमालेको आवश्यकता नपर्ने समेत बताउदै उनले संसदमा गठबन्धनको बहुमत रहेको हुँदा एमसिसी पारित गर्न सकिने वताईन । ‘एमसीसी पास गर्नका लागि एमालेको आवश्यक नै पर्दैन, गठबन्धनकै बहुमत छ त, हामी किन चाहियो ?’ उनले थपिन, ‘एमसीसीको विषय संसदमै आएको छैन, संसदमै नआएको विषयमा एमाले किन बोल्ने ? गठबन्धनकै बहुमत छ, पास गर्न चाहेको भए पास गरे भयो नि ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend