११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

मौसम विवरण: भोलिदेखि फेरि पानी पर्ने


जनमञ्च संवाददाता
  • २५ माघ २०७८ , मंगलबार

  • मौसम विवरण: भोलिदेखि फेरि पानी पर्ने

    काठमाडौं, २५ माघ – फेरि पनि नेपालमा पश्चिमी वायुको प्रभाव देखिएकाले पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का केही स्थानमा हल्का पानी पर्ने सम्भावना छ ।

    जलवायु शाखा प्रमुख एवम् वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार बुधबारदेखि भने सदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिइन् । यसपछि विस्तारै गर्मी सुरु हुने छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार अंग्रेजी वर्षको डिसेम्बरदेखि फेब्रुअरी महिनाको अवधिलाई हिउँदयाम मानिन्छ । नेपालमा विगत ३० वर्षको अवधिमा भएको वर्षाको तथ्यांकको आधारमा औसत वर्षा निकालिन्छ ।

    मौसमविदले यसअघि नै नेपालमा हिउँदमा पनि सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेका थिए । जुन वर्षको मनसुनमा धेरै वर्षा हुन्छ त्यो वर्षको ‘पोस्ट मनसुन’ (मनसुन पछिका महिना) र हिउँदमा पनि धेरै वर्षा हुने गरेको अनुभव छ ।

    यस वर्षको पि्र-मनसुन र मनसुन अवधिमा अत्यधिक वर्षा भएको थियो । सो वर्षाका कारण आएको बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend