९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

निर्णयमा पुनर्विचार गर्न कमल थापालाई राप्रपाको अनुरोध


जनमञ्च संवाददाता
  • २५ माघ २०७८ , मंगलबार

  • निर्णयमा पुनर्विचार गर्न कमल थापालाई राप्रपाको अनुरोध

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्व अध्यक्ष कमल थापालाई पार्टीबाट अलग हुने निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेको छ।

    काठमाडौं, २५ माघ – राप्रपा पूर्वअध्यक्ष थापाले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी पार्टीबाट अलग भएको घोषणा गरेका थिए। उनले भनेका थिए, “अत्यन्त भारी मन र पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु।”

    त्यसपछि अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षमा काठमाडौंमा बसेको राप्रपाको पदाधिकारी बैठकले पार्टीबाट अलग हुने निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेको प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन्। पदाधिकारी बैठकपछि प्रवक्ता श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “पार्टीबाट अलग हुने उहाँ (कमल थापा)को निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ।”

    राप्रपा पदाधिकारीले बैठकले थापाको घोषणाप्रति दुःख व्यक्त गरेको छ। राप्रपाले भनेको छ, “ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रुपमा उदय र विकास भइरहेको समयमा निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रुपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनी गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं।”

    यसबाट विचलित नहुने राप्रापले नेता तथा कायृकर्तालाई आह्वान पनि गरेको छ। राप्रपाले भनेको छ, “यस घटनाबाट सबै तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई दुविधामा नपर्न र विचलित नहुन राप्रपा आग्रह गर्दछ।”

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend