९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भई रु. ९ खर्ब ९९९ अर्ब ३४ करोड पुगेको छ।

चालु छ महिनामा व्यापार घाटा ८ खर्ब ८० अर्ब


जनमञ्च संवाददाता
  • २६ माघ २०७८ , बुधबार

  • चालु छ महिनामा व्यापार घाटा ८ खर्ब ८० अर्ब

    काठमाडौं, २६ माघ – चालु आर्थिक वर्षको छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब ४९ करोड कायम भएको छ। आयातमा उल्लेख्य वृद्धि भएका कारण व्यापार घाटामा वृद्धि भएको हो।

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको छ महिनाको विवरणअनुसार कूल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.९ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो।

    समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब १० अर्ब ९१ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८३ अर्ब एक करोड बराबरको भएको थियो। चालू आवको छ महिनामा कूल वस्तु निर्यात ९५.५ प्रतिशतले वृद्धि भई एक खर्ब १८ अर्ब ८५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६.१ प्रतिशतले वृद्धि भएको थियो।

    गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १२१.८ प्रतिशत र ३०.२ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १०.२ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, जुस, ऊनी गलैँचालगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडीबुटी, जस्तापाता, तारलगायतका वस्तुको निर्यात घटेको छ।

    यस्तै कूल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ९९९ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.८ प्रतिशतले घटेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३७.५ प्रतिशत, ५१.५ प्रतिशत र ९८.२ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ।

    वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपूर्जा, कच्चा सोयाविन तेललगायतका वस्तुको आयात बढेको छ भने एमएस विलेट, सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशकलगायतका वस्तुको आयात घटेको छ।

    निर्याततर्फ कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ। आयाततर्फ  भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ। समीक्षा अवधिमा चालु खाता तीन खर्ब ५४ अर्ब सात करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५१ अर्ब ६८ करोडले घाटामा रहेको थियो।

    समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर २० प्रतिशतले कमी आई पाँच अर्ब ४८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४८.१ प्रतिशतले वृद्धि भई रु ११ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु छ अर्ब ८५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी सात अर्ब ६६ करोड रहेको थियो।

    समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको थियो। कूल विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेकामा १६.७ प्रतिशतले कमी आई २०७८ पुस मसान्तमा रु ११ खर्ब ६५ अर्ब ८० करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा रु ११ अर्ब ७५ करोड रहेकामा २०७८ पुस मसान्तमा १५.९ प्रतिशतले कमी आई रु नौ अर्ब ८९ करोड कायम भएको छ।

    कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकामा २०७८ पुस मसान्तमा १८.४ प्रतिशतले कमी आई १० खर्ब १५ अर्ब ५९ करोड कायम भएको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा  एक खर्ब ५४ अर्ब ३९ करोड रहेकामा २०७८ पुस मसान्तमा २.७ प्रतिशतले कमी आई रु एक खर्ब ५० अर्ब २१ करोड कायम भएको छ।

    गत पुस मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ। आव २०७८/७९ को छ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.२ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend