२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

एमालेले नियमावली संशोधन गर्दै विभागको आकार बढायो (पूर्णपाठसहित)


जनमञ्च संवाददाता
  • २६ माघ २०७८ , बुधबार

  • एमालेले नियमावली संशोधन गर्दै विभागको आकार बढायो (पूर्णपाठसहित)

    काठमाडौं, २६ माघ – नेकपा एमालेले नियमावली संशोधन गर्दै केन्द्रीय विभागहरुको आकार बढाएको छ । पार्टी सञ्चालनका लागि एमालेले नियमावलीमा चौथो संशोधन गर्दै केन्द्रका ३३ विभागमा प्रमुख,उपप्रमुख र सचिवसहित प्रत्येकमा ३५ सदस्य रहने व्यवस्था गरेको छ ।

    यसअघि एमालेका विभाग २५ सदस्यीय हुने गरेका थिए । तर पार्टी संरचना ठूलो भएको र धेरै नेता कार्यकर्तालाई जिम्मेवारी बाँडफाँड गर्न विभागको आकार बढाइएको हो । विभागका सचिव यसअघि सदस्यहरुबाट छानिने गरेकोमा अब केन्द्रीय कमिटीबाट मनोनयन हुने व्यवस्था गरिएको छ ।

    नियमावलीले पार्टी सदस्यता शुल्क मासिक १५ रुपैया कायम गरेको छ । पार्टी सस्यहरुको लेबीको मासिक ५ रुपैया केन्द्रीय कमिटीमा बुझाउनु पर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

    सांसद,मन्त्री,प्रधानमन्त्री तथा संघीय सरकारबाट राजनीतिक नियुक्ति लिने व्यक्तिको लेबी केन्द्रीय कमिटीले तोक्ने तथा अन्य जन प्रतिनिधि र नियुक्ति खाने व्यक्तिको लेबी सम्बन्धित कमिटीबाट तोक्ने व्यवस्था गरिएको छ ।

    एमालेले अनुसन्धान प्रतिष्ठान र स्वयंसेवी संगठन समेत निर्माण गरी सन्चालन निर्देशिका तयार पारेको छ । नियमावलीमा पार्टीका औपचारिक कार्यक्रममा पार्टीका साथै राष्ट्रिय झण्डा र राष्ट्रिय गान अनिवार्य गरेको छ ।

    नियमावलीमा सबै तहका पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरुले आफ्नो कार्यक्षेत्रबाट बाहिर जानु परेमा अध्यक्षलाई जानकारी दिनुपर्ने व्यवस्था समेत गरेको छ ।

    यस्तो छएमालेको संशोधित नियमावली :

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend