११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026
आगामी २४ घण्टाका लागि चेतावनी

आजदेखि मौसम सुधार हुने सम्भावना


जनमञ्च संवाददाता
  • २७ माघ २०७८ , बिहिबार

  • आजदेखि मौसम सुधार हुने सम्भावना

    काठमाडौं, २७ माघ – देशमा आज (बिहीबार) देखि मौसम सुधार हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले बिहीबार बिहान दिएको जानकारीअनुसार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेको छ।

    आज राजधानी काठमाडौंसहित देशका धेरैजसो स्थानमा घाम देखिने सम्भावना रहेको उनले बताइन्।

    ‘आज घाम, बादल, घाम बादल हुने देखिन्छ’, उनले भनिन्। ​

    तर केही स्थानमा वर्षा र हिमपातको पनि सम्भावना रहेकाले चिसोबाट जोगिन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

    महाशाखाका अनुसार नेपालमा देशमा पश्चिमी वायुको सामान्य प्रभाव जारी छ। यतिबेला (बिहीबार बिहान) सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म तथा देशका बाँकी स्थानमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    माघ २७ गते  (बिहीबार)

    दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागका एक/दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ

    राती : प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    माघ २८ गते  (शुक्रबार)

    दिउँसो : प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रहि बांकी भु-भागको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक/दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    माघ  गते  (शनिबार)

    दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

    राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।​

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend