११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

उपभोक्तालाई दूधको मूल्य ९ रुपैयाँले बढ्यो


जनमञ्च संवाददाता
  • २७ माघ २०७८ , बिहिबार

  • उपभोक्तालाई दूधको मूल्य ९ रुपैयाँले बढ्यो

    काठमाडौं, २७ माघ – दूग्ध विकास संस्थान (डीडीसी)ले स्टान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाउने निर्णय गरेको छ । सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएसँगै डीडीसीले पनि उपभोक्ता मूल्य बढाउने निर्णय गरेको हो ।

    ‘कच्चा दूधको मुल्यवृद्धिसँगै ढुवानी लगायत लागत खर्च पनि बढेको छ । वैज्ञानिक आधारमा स्टान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाउने निर्णय गरेका छौं,’ कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सन्जीब झाले भने, ‘नयाँ मूल्य शुक्रबारदेखि लागू हुनेछ ।’
    कच्चा दूधको मूल्यवृद्धिसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि उपभोक्ता मूल्य निर्धारण गर्न सहमति दिएको थियो । मन्त्रालयले बुधबार ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफको आधार मूल्य बढाउन डीडीसीलाई अनुमति दिएको थियो । त्यसपश्चात डीडीसीले पनि मूल्य बढाउने निर्णय गरेको हो ।

    झाका अनुसार दूधको उपभोक्ता मूल्य वृद्धिको सन्दर्भमा बिहीबार पत्रकार सम्मेलन गरेर सर्वजनिक गरिने छ । अहिले डीडीसीले आधा लिटर दूधको मूल्य ३८ रुपैयाँ तोकेको छ । अब भने आधा लिटरलाई साढे ४२ रुपैयाँ पर्नेछ । यो मूल्य काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा लागू हुने छ । बुटबल र भैरहवा क्षेत्रमा भने आधा लिटरको मूल्य ४० रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै, नेपालगन्ज र धनगढी क्षेत्रमा आधा लिटरलाई ३९ रुपैयाँ ५० पैसा तोकिएको छ । ‘प्रतिलिटर ९ रुपैयाँ बढेपनि मूल्य क्षेत्र अनुसार फरक-फरक छ । डीडीसीलाई नाफा छैन,’ झाले भने ।

    यसअघि माघ १७ गतेको मन्त्रिपरिषद बैठकले कच्चा दूधमा प्रतिलिटर किसानले पाउने मुल्य ५६ रुपैयाँ ४ पैसा तोकेको थियो । सरकारले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफको आधारमा उक्त मूल्य तोकेको थियो । कच्चा दूधको मूल्य बढेसँगै डेरी उद्योगीहरुले उपभोक्ता मूल्य बढाउन दबाब दिएका थिए । उनीहरुले उपभोक्ता मूल्य लिटरमै १० रुपैयाँ बढाउनु पर्ने दबाब दिइरहेका छन् ।

    कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ५६ं.०४ पैसा निर्धारण भएपछि घाटा लाग्ने भन्दै प्रदेश १ र लुम्बिनी प्रदेशका डेरीहरुले उपभोक्ता मूल्य बढाइसकेका छन् । सामान्यत दूधको खुद्रा बिक्री मूल्य (उपभोक्ता मूल्य) दुग्ध विकास संस्थान (डीडीसी)ले तोक्ने प्रचलन छ । तर, सरकारी आधिकारिक धारणा नआउँदै निजी डेरीहरुले मूल्य बढाएका छन्। जानकारका अनुसार दूधसँगै दूधबाट बन्ने खाद्य वस्तुहरू घ्यू, पनिर लगायतको पनि मूल्य बढ्नेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend