११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

एसईई प्रदेशस्तरबाट गर्ने प्रस्ताव मन्त्रिपरिषदमा


जनमञ्च संवाददाता
  • २७ माघ २०७८ , बिहिबार

  • एसईई प्रदेशस्तरबाट गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

    काठमाडौं, २७ माघ – राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा(एसईई) प्रदेशस्तरबाट सञ्चालनको प्रस्ताव मन्त्रिपरिषदमा लगेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले प्रश्नपत्र तयारीदेखि नतिजा प्रकाशनसम्मको जिम्मेवारी प्रदेशस्तरबाट सञ्चालनको प्रस्ताव मन्त्रिपरिषदमा लगिएको जानकारी दिए ।

    उनले भने, ‘परीक्षाको सबै अधिकार प्रदेशलाई दिने तयारी छ । यसअघि देशभरिको नतिजा एकैपटक सार्वजनिक हुन्थ्यो । अब प्रस्ताव स्वीकृत भएपछि जुन प्रदेशले छिटो उत्तरपुस्तिका परीक्षणको काम सक्छ उसले पहिले नतिजा सार्वजनिक गर्न सक्नेछ । प्रस्ताव पारित भए प्रदेशले अनुकूलअनुसार नतिजा सार्वजनिक गर्नसक्ने छन् ।’

    शर्माले नतिजा प्रकाशन पनि प्रदेशले गर्ने र प्रमाणीकरण भने बोर्डले गर्ने सिफारिस गरिएको बताए । शर्माले फागुन, चैतमा कक्षा सञ्चालन भई पाठ्यक्रम पूरा हुने र वैशाखमा परीक्षा हुने बताए ।

    यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ । एसईई वैशाख ९ देखि २० गतेसम्म हुँदैछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend