८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

एमालेको प्रदेशस्तरीय प्रशिक्षण: ओलीले आज भर्चुअल उद्घाटन गर्दै


जनमञ्च संवाददाता
  • २८ माघ २०७८ , शुक्रबार

  • एमालेको प्रदेशस्तरीय प्रशिक्षण: ओलीले आज भर्चुअल उद्घाटन गर्दै

    काठमाडौं, २८ माघ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज कार्यकर्तालाई प्रशिक्षण दिने भएका छन्। शुक्रबार दिउँसो १ बजे वर्तमान परिस्थिति र स्थानीय तहको निर्वाचनको तयारीका सन्दर्भमा अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट प्रशिक्षण मुलक मन्तव्य दिने लागेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए। उनका अनुसार फागुन १ गतेबाट प्रदेशस्तरमा हुन गइरहेको प्रशिक्षण कार्यक्रमको आज अध्यक्ष ओलीले शुभारम्भ गर्न लागेका हुन्।

    उद्घाटन शत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरु सहभागी हुनेछन्। पोखरेलले आइडि प्राप्त भएका सबै सहभागी प्रत्यक्षरुपमा र पार्टी सम्वद्ध सबै कार्यकर्तालाई आफुलाई अनुकुल हुने गरी अध्यक्षको विशेष सम्बोधन सुन्न महासचिव पोखरेलले निर्देशन दिएका छन्।

    एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । महासचिव पोखरेलले माघ २५ गते प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका थिए।

    पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गरेको हो। सातै प्रदेशमा हुने प्रशिक्षणको पहिलो दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म र दोस्रो दिन बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म प्रशिक्षण रहने एमालेले जनाएको छ।

    प्रशिक्षण कहिले कहाँ ?
    प्रदेश नं १ : फागुन १– २, विराटनगर
    मधेस प्रदेश : फागुन ३–४, जनकपुर
    बागमती प्रदेश : फागुन ६–७, काठमाडौं
    गण्डकी प्रदेश : फागुन ८–९, पोखरा
    लुम्बिनी प्रदेश : फागुन ११–१२, बुटवल/दाङ
    कर्णाली प्रदेश : फागुन १४–१५, सुर्खेत
    सुदूरपश्चिम प्रदेश : फागुन १६–१७, धनगढी

    के-के छन् प्रशिक्षणका विषय ?
    क. दसौं राष्ट्रिय महाधिवेशन/विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा
    ख. सबल, गतिशील र अनुशासित पार्टी निर्माणः राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषयहरु
    ग. स्थानीय तहमा हाम्रा पाँच वर्षः उपलब्धी र अनुभवहरु
    घ. स्थानीय तह निर्वाचनको तयारीः राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरु
    प्रशिक्षण कार्यक्रमका सहभागीहरु:
    क. प्रदेश कमिटीका इञ्चार्ज तथा सह इञ्चार्जहरु
    ख. प्रदेश कमिटी पदाधिकारीहरु
    ग. प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरु
    घ. प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्ज/सहइन्चार्जहरु
    ङ. प्रशेश अन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारीहरु
    च. सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरु
    छ. नेकपा (एमाले)बाट निर्वाचित जि.स.स. प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुख
    ज. नेकपा (एमाले)बाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकोमा उपप्रमुखहरु
    झ. पालिका पार्टी कमिटीका अध्यक्षहरु

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend